काठमाडौंं । राष्ट्रिय वाणिज्य बैंकको नवनियुक्त अध्यक्ष डा रेवतबहादुर कार्कीले शुक्रबार पदभार ग्रहण गरेका छन् । सरकारले उनलाई यही भदौ १९ गते सो पदमा नियुक्त गरेको हो ।
वि.सं २००९ मा माम्खा-१ ओखलढुङ्गामा जन्मिएका कार्कीले मगध विश्वविद्यालय वोधगया (भारत)बाट अर्थशास्त्रमा पिएचडी उपाधि हासिल गरेका छन् । उनले नेपाल राष्ट्र बैंकमा आर्थिक सल्लाहकार, नेपाल स्टक एक्सचेन्जमा महाप्रबन्धक, मध्यमाञ्चल ग्रामीण विकास बैंकमा कार्यकारी निर्देशक, नेपाल धितोपत्र बोर्डको विज्ञ सदस्य, अन्तर्राष्ट्रिय मुद्रा कोषको सल्लाहकार, युएनडिपिअन्तर्गत बैंक अफ नामिवियामा अर्थशास्त्री, विश्व बैंकको कन्सल्ट्यान्टलगायतका महत्वपूर्ण कार्यानुभव सङ्गाली सकेका छन् ।
प्रतिक्रिया