वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रभु को–अपरेटिभले शेयरधनीहरुलाई १५ प्रतिशत लाभांस दिने

अर्थटुडे
२०७१ भाद्र २८, शनिबार

काठमाडौं । प्रभु समुहद्धारा प्रबर्धित प्रभु को–अपरेटिभ सर्भिस लिमिटेडले आफ्ना शेयर सदस्यहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । सर्भिस लिमिटेडको ५ औं वार्षिक साधारणसभाले सो प्रस्तावलाई पारित गरेको हो । parbhu1
साधारण सभाले सदस्यहरुमा खगेन्द्र भट्टचन (लामेला) र सृजना पौडेल रहेका छन् । भट्टचन (लामेला) लाई कार्यसमितिको उपाध्यक्षमा, सदस्य ध्रुव चन्द्र धिताललाई सचिवको जिम्मेवारी दिइएको छ ।

सर्भिस लिमिटेडले शेयरसदस्यहरुको हौसला बृद्धि गर्ने उद्देश्यले एस.एल.सी.मा उत्कृष्ट अंक ल्याउने छात्र छात्रालाई पनि पुरस्कृत गरेको छ । छात्र तर्पm शेयर सदस्य गोविन्द्र शर्मा पौडेलका छोरा आमोद पौडेल र छात्रा तर्पm गंगा देवी शर्माकी छोरी प्रतिमा पौडेललाई पुरस्कृत गरेको छ ।

साधारणसभा प्रभु समूहका अध्यक्ष तथा प्रभु बैंकका अध्यक्ष देवी प्रकाश भट्टचनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । प्रभु को–अपरेटिभ सर्भिस लिमिटेडका अध्यक्ष विनोद थकालीले शेयर सदस्यको भरोसा र साखलाई अक्षुण राख्न कुनै पनि कसरत बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ