वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुन तीन सय सस्तियो, तोलाको ५१ हजार ७ सयमा कारोबार

अर्थटुडे
२०७१ भाद्र २९, आईतवार

काठमाडौं । नेपाली बजारम आईतबार सुन तीन सय रुपैयाँ सस्तो भएको छ । अन्तर्राष्ट्रिय बजारमा गिरावट आएपछि सुनको भाउ घटेर ५१ हजार ७ सय रुपैयाँमा किनबेच भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

goldयसैगरी चाँदीको भाउ भने स्थिर रही प्रतितोला ७ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घट्ने क्रममा रहेकाले नेपाली बजारमा पनि सुनको भाउ अझै अट्ने महासंघले आकलन गरेको छ । चाडबाडको मुखमा सुनको भाउ घटेपछि गरगहना किनने सर्वसाधारणलाई राहत भएको छ ।

गत साताभरमा सुन ८ सय रुपैयाँ सस्तो भई शुक्रबार प्रतितोला ५२ हजार रुपैयाँमा झरेको थियो । यसैगरी चाँदी पनि १५ रुपैयाँ सस्तो भएको थियो ।

रसिया समर्थित बिद्रोही र युक्रेन बीच युद्ध विराम जारी रहेको र सिरिया तथा इराकको भुभाग कब्जा जमाई बसेका आईएसआईएसका लडाकू विरुद्ध अमेरिकी हवाई आक्रमण जारी रहने घोषणासंगै डलरको पकड अझ मजबुत रहने संकेत देखा परेको छ । यसैगरी युरोपियन केन्द्रीय बैंकले शुन्य हाराहारीको ब्याजदर कायम गर्नु र ऋणपत्र जारी कायमै राख्नुले पनि डलरको मूल्य अझ बढाउन मद्दत गरहेको छ ।

बढ्दो डलरको कारणले गर्दा एवं लगातार भाउ खस्केकाले बढ्दो घाटाबाट बच्न बजारमा सुन बेच्नेहरुको दवावले पनि सुनको मूल्य क्रमशः घट्ने अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ