वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बाढिपहिरो पिडितलाई एनआरएन कोरियाको १३ लाख सहयोग

अर्थटुडे
२०७१ भाद्र २९, आईतवार

काठमाडौं । गैर आवासिय नेपाली संघ (एनआरएन) दक्षिण कोरियाले सुनकोशी बाढिपहिरो पिडित राहतको १३ लाख २५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । लागि एनआरएन दक्षिण कोरियाको संयोजकत्वमा कोरियामा रहेका सम्पुर्ण नेपाली समुदायको संघ संस्थाहरु, नेपाल योङ्गस्टार ग्रुप, ईपिएस छिन्गु, लगायत २८ संस्थाहरुद्वारा सामूहिक रुपमा संकलन गरिएको राहत आईतबार प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरेको छ ।

NRN koria


एनआरएन कोरिया प्रतिनिधि के.पि.सिटौला, नेपाल योङ्गस्टार ग्रुप अध्यक्ष यम श्रेष्ठ, पत्रकार महासंघ दक्षिण कोरियाका निर्वमान अध्यक्ष रघु त्रिपाठी, एसियन मानव अधिकार फोरमका संस्थापक अध्यक्ष सिद्धी चरण बराल लगायतका कोरियाबाट आएका विभिन्न संघ संस्थाहरुको प्रतिनिधिहरुको एक टोलीले सुनकोशी बाढी पहिरोले प्रभावीत स्थल भ्रमण गरी स्थानीय प्रशासनसँग छलफल समेत गरेको छ । टोलीलले प्रधानमन्त्री राहतकोष मार्फत राहत प्रदान गरिएको रकम पिडितहरुको राहतमा उपयोग गर्न आग्रह समेत गरेको छ ।
कोरियाबाट अन्य संघ संथाहरुले वितरण गरेको र संकलन हुन बाँकी रकम गरी जम्मा २१ लाख बराबरको रकम सुनकोशी बाढी पहिरो पिडितका निम्ती संकलन भएको संघले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ