वि.सं. २०८१ माघ ९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आईएमई विदेशमा परिवार भेट अन्तर्गत लिम्वु र कार्की विजयी

अर्थटुडे
२०७१ भाद्र २९, आईतवार

काठमाडौं । आईएमईले संचालन गरेको सेवाग्राहीमुखी रेमिट्यान्स क्षेत्रको प्रवद्र्घनात्मक कार्यक्रम “आईएमई विदेशमा परिवार भेट” मित्रराज लिम्वु र घनश्याम कार्की विजयी भएका छन् । Picture for PRलिम्वु रकम पठाउनेतर्फबाट विजेता भएका हुन् उनी मलेसियामा काम गरिरहेका छन् भने कार्की रकम प्राप्त गर्ने तर्फ विजयी भएका हुन् । विजेता बनेसँगै लिम्बुले आईप्याड तथा कार्कीले डिजीटल क्यामरा पुरस्कार स्वरुप प्राप्त गरेका छन् ।
यसैगरि दैनिक लक्की ड्र मा पैसा पठाउने तर्फ विजयी हुनेमा भाद« १६, १७, १८, १९, २०, २१, २२ गते क्रमशः मलेसियामा कार्यरत शिवराज विश्वकर्मा, मलेसियाबाटै वान बहादुर पगु , बेलायतबाट शम्भु राई, कुवेतबाट अर्जुन खनाल, मलेसियाबाट रोम बहादुर गाहा, मलेसियाबाट प्रेम बहादुर रोकाया र शेख नेपाली रहेका छन् । कम्पनीले घोषणा गरे अनुसारको स्मार्टफोन विजयीहरुले प्राप्त गरेको आइएमईले जनाएको छ ।
यसैगरि सोहि योजनाको रकम प्राप्त गर्ने तर्फको दैनिक लक्की ड्र मा उल्लेखित मितिमा क्रमशः पोखराकी सरिता कार्की, काठमाडौंकी सुस्मिता तामाङ्ग, काठमाडौंकै फूर्बु लामु शेर्पा, काठमाडौंकी ललितादेवी शाह, बिर्तामोडकी सभद«ा घिमिरे, लाहानकी रीतादेवी पूर्वी तथा उदयपुरकी श्यामदेवी चौधरी विजयी भएका छन् । विजयी हुनेहरुले लगेज ब्याग प्राप्त गरेका छन् । यो योजना आगामी असोज १९ सम्म संचालन हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ