वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

तरतला बढेपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट १० अर्व निक्षेप उठाउदै

अर्थटुडे
२०७१ भाद्र २९, आईतवार

काठमाडौं । तरलता बढेपछि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट १० अर्ब रुपैयाँ मुद्दति निक्षेप उठाउने भएको छ । अधिक तरलता भएपछि बजारबाट तरलता खिच्नका लागि केन्द्रीय बैंकले तीन महिनाको अवधिको निक्षेप संकलन गर्न लागेको हो ।nepal rastra bank

बाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीबाट बोलकबोलबाट संकलन गरिने निक्षेपका लागि वित्तीय संस्थाहरुले मंगलबारसम्म व्याजदर सहितको प्रस्ताव पेश गर्नु पर्नेछ ।

जसले कम व्याजदर प्रस्ताव गर्न उसैबाट बैंकले निक्षेप संकलन गर्नेछ । यसका लागि एउटा बैंकले न्युनतम पाँच करोड रुपैयाँ र अधिकतम पाँच करोडले निशेष भाग जाने रकम प्रस्ताव गर्न पाउने छ केन्द्रीय बैंकद्वारा जारी सुचनामा उल्लेख छ ।
असोज एक गते देखि राख्ने यो निक्षेपको अवधि पुस एक समाप्त हुनेछ ।
राष्ट्र बैंक चालु आर्थिक वर्षको मौद्रीक नीतिमार्फत बजारबाट तरलता खिच्नका लागि निक्षेप संकलन उपकरण प्रयोग गरिने घोषणा गरेको थियो । यसका लागि केन्द्रीय बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागले निक्षेप संकलन उपकरण सम्बन्धी कार्यविधि समेत जारी गरेको थियो ।
राष्ट्र बैंकले यस अघि पनि बैंक तथा वित्तीय संस्थाबाट २० अर्ब रुपैयाँ निक्षेप लिएको थियो ।
बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा राख्ने यस्तो निक्षेपलाई अनिवार्य नगद मौज्दातमा (सिआरआर) मा गणना गर्न पाउने छैनन् । तर यो रकम बैधानिक तरलता अनुपात (एसएलआर) तथा तरलता अनुपात (लिक्विडिटी रेसियो) मा भने गणना गर्न पाउने बैंकले जनाएको छ ।
राष्ट्र बैंकका प्रवक्ता मनमोहनकुमार श्रेष्ठका अनुसार हाल बजारमा ६० अर्व हाराहारीमा तललता रहेको छ । बैंकहरुको निक्षेप संकलनको तुलनामा कर्जा लगानी गर्न नसक्दा अधिक तरलताको समस्या भोगिरहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ