वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कृषि विकास बैंकले ३१.५८ प्रतिशत लाभांस दियो, यो पहिलो लाभांस

अर्थटुडे
२०७१ जेष्ठ २५, आईतवार

काठमाडौँ । कृषि विकास बैंकले स्थापना भएको ४७ वर्षपछि पहिलोपटक सर्वसाधरण शेयरधनीहरुलाई ३१.५८ प्रतिशत लाभांस वितरण गरेको छ । खरावकर्जा असुली बृद्धि हुदा र विभिन्न कर्जाहरु समयमा नै उठ्दा बैंक नाफामा गएकोले सर्वसाधारणलाई सो बैंकले लाभांस दिन सकेको हो ।

जेठ ९ गते बैंकको सम्पन्न सातौँैं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०६९/ ०७० को सञ्चित मुनाफाबाट ३१.५८ प्रतिशत लाभांश दिने निर्णय पारित गरेको थियो । अहिले सम्ममा बंैकको २४१ शाखाबाट दुई लाख १२ हजार साधारण सदस्यले सो लिइसकेका छन् ।

बैंकले अग्राधिकार सेयर धनीतर्फ लाभांश ३८ करोड ६२ लाख आठ हजार र साधारण सेयर सदस्यतर्फ एक अर्ब एक करोड पाँच लाख २६ हजार ३१६ लाभांश असार २२ सम्ममा वितरण गर्ने भएको छ ।
आर्थिक वर्ष २०६९/०७० मा बैंकको खुद मुनाफा दुई अर्ब २९ करोड पुगेका कारण सेयर सदस्यलाई मुनाफा वितरण गर्न सफल भएको बैंकले जनाएको छ ।

बैंकले आर्थिक वर्ष २०६९÷०७० असार मसान्तमा निक्षेप रकममा २५.९२ प्रतिशतले वृद्धि गरी रु.५४ अर्ब ४८ करोड पु¥याएको छ । अधिकृत पुँजी १३ अर्ब रहेको सो बैंकको कार्यसञ्जाल ७५ जिल्लामा विस्तार भई २४२ शाखा पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ