वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

विद्युत महशुल १३.७ बढ्यो, प्रतियुनिट ५ देखि १२ रुपैयाँ

अर्थटुडे
२०७१ भाद्र ३०, सोमबार

काठमाडौं । असोजदेखि लागू हुनेगरी विद्युत महशुल निर्धारण आयोगले विद्युतको महशुल १३.७ प्रतिशतले बढाएको छ । आयोगले आईतबार महशुलदरको अन्तिम टुंगो लगाएको हो ।

metter boxनयाँ दरअनुसार सर्वसाधारणले अव प्रति युनिट ५ रुपैयाँदेखि १२ रुपैयाँसम्म तिर्नुपर्नेछ । यसैगरी थ्रि फेज लिएका ग्राहकहरुले भने १३.६४ रुपैयाँदेखि १४.२१ रुपैयाँसम्म तिर्नुपर्नेछ ।

हाल प्राधिकरणले प्रतियुनिट ४ रुपैयाँदेखि ११ रुपैयाँ विद्युत महशुल उठाउदै आएको छ ।

यसैगरी २० युनिटसम्म खपत गर्ने ग्राहकको महशुल भने न्युनतम ८० रुपैयाँबाट बढाएर एक सय रुपैयाँ कायम गरिएको छ ।

विद्युत महशुल बढाएपछि नेपाल विद्युत प्राधिकरणको आम्दानी ४ अर्व रुपैयाँ बढ्नेछ । गत आर्थिक वर्षमा प्राधिकरण ५ अर्व ७५ करोड नोक्सानीमा छ । उसको संचित नोक्सानी १८ अर्व पुगीसकेको छ ।

यसैगरी आयोगले तीन वर्षमा विद्युत चुहावट घटाएर २० प्रतिशतमा झार्न र खर्च घटाउन पनि प्राधिकरणलाई निर्देशन दिएको छ । यसैगरी खिम्ती र भोटेकोशी आयोजनासँग गरिएको विद्युत खरिद सम्झौता पनि पुनरावलोकन गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ