वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थमन्त्री महतले भने : सेयर बजार घट्नुपर्ने कारण नै छैन, सिमित समूहले चलखेल गरे

अर्थटुडे
२०७१ भाद्र ३०, सोमबार

काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले विना कारण सेयर बजार घटिरहेको बताएका छन् । बजारमा सिमिति समूहले अनावश्यक हल्ला गरेर बजारमा चलखेल गरिरहेको उनले आरोप लगाए ।

RamSharan-Mahatआइतबार संचारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री महतले बजार नआत्तिन लगानीकर्ताहरुलाई आग्रह गरे ।

साउन पहिलो साता १०८३ अंकमा पुगेको सेयर बजार परिसुचक नेप्से आइतबार ९०२ अंकमा झरेको छ ।

सरकारले राम्रो काम गरिरहेको, आर्थिक गतिविधिहरु पनि विस्तार भइरहेको, सूचिकृत कम्पनीहरुले राम्रै प्रतिफल दिएका समयमा बजार घट्नु अनौठो लागेको बताए ।

बजार क्रमिक रुपमा बढ्नुपर्ने उनको भनाई थियो । महतले लगानीकर्ताहरुलाई निरुत्साहित नहुन आग्रह गरे । ‘लगानीकर्ताहरु निरुत्साहित हुनुपर्ने कुनै कारण छैन, त्यसैले ढुक्क भएर लगानी गर्नुहोस’ उनले भने ।

राष्ट्र बैंकको छिटो छिटो नीति निर्देशन जारी गर्ने र त्यसैका आधारमा केही व्यक्तिले हल्ला चलाएर चलखेल गरेको हुनसक्ने महतको आशंका थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ