वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थमन्त्री डा.महतले नेपालमा आएका बेलायती संसदका सदस्यहरुसँग भने —नेपालमा लगानीको अनुकूल वातावरण बनेको छ

अर्थटुडे
२०७१ भाद्र ३०, सोमबार

काठमाडौं । अर्थमन्त्री डा रामशरण महतले सरकार लगानीका लागि अनुकूल नीति, नियमहरु निर्माण गरी आर्थिक एजेण्डामा केन्द्रित भएकोले नेपालमा लगानी गर्ने अनुकूल समय आएको जानकारी दिए ।DSCN4323

उनले शान्ति प्रक्रिया पूरा हुने क्रमसँगै राजनीतिक स्थायित्व कायम भएकोले नेपालमा लगानी गर्न अनुकुल भएको बताए । नेपाल भ्रमणमा रहेको बेलायती संसदका सदस्यहरुको एक प्रतिनिधिमण्डलसँग अर्थमन्त्रालयमा भएको छलफलका क्रममा अर्थमन्त्री डा. महतले अहिले फेरि राजनीतिक स्थायित्व कायम गरी आर्थिक एजेण्डामा ध्यान केन्द्रित गर्न थालिएको र स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई आकर्षित गर्न नयाँ आर्थिक सुधार कार्यक्रम लागू गरिएको बताए ।

उनीहरुले नेपालको राजनीतिक अवस्था, सरकारले लिएको नीति र नेपालमा विदेशी लगानीका बारेमा विभिन्न जिज्ञासाहरु राखेका थिए । उनीहरुको जिज्ञासाको उत्तर दिदै अर्थमन्त्री डा.महतले छिमेकी भारत र चीन ठूला बजारहरु रहेकोले नेपालमा लगानी गरेर विदेशी लगानीकर्ताहरुले प्रशस्त लाभ लिन सक्ने बताए ।

उनले आर्थिक उदारिकरणको नीतिलाई कार्यान्वयन गर्ने क्रममा देखिएका कमी कमजोरीहरुलाई सम्बोधन हुनेगरी करिब ३ दर्जन कानूनहरुमा सुधार गर्ने काम भैरहेको बताउदै लगानीका लागि उपयुक्त नीति आवश्यक पर्ने र सरकारले अनुकूल नीति बनाएको जानकारी दिए ।

भारतसँग भएको बिद्युत व्यापार सम्झौता, नेपालमा जीएमआर लगायत अन्य कम्पनीहरुले तत्काल गर्न लागेको करिब ३ हजार मेगावाट क्षमताका बिद्युत आयोजनाहरुको सञ्चालन आदिका कारण नेपालको जलबिद्युतका क्षेत्रमा लगानी गरी लाभ लिन सकिने संभावना पनि उजागर भएको उल्लेख गरे । उनले जलबिद्युतका अतिरिक्त पर्यटन र कृषि क्षेत्रमा लगानी गरेर पनि प्रचूर लाभ लिन सकिने संभावना रहेको जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ