वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अख्तियारको काम कारबाहीबारे जानकारी दिन समितिले कार्कीलाई बोलायो

अर्थटुडे
२०७१ भाद्र ३०, सोमबार

काठमाडौं । व्यवस्थापिका संसदको सुशासन अनुगमन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमूख आयुक्त लोकमानसिंह कार्कीसँग उनले गरेका काम कारबाहीबारे जानकारी लिने भएको छ ।

अख्तियार प्रमुखलाई बुधबारको बैठकमा उपस्थित हुन भनिएको छ । अख्तियारले साना कर्मचारीलाई समातेर ठूला भ्रष्टाचारी छोडेको कुरा समितिका सदस्यहरुले उठाएपछि समितिको सोमबारको बैठकले कार्कीलाई बोलाउने निर्णय लिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ