वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आइतबार नेप्से ४.५१ ले बृद्धि, सेञ्चुरी बैंकको सेयर मूल्य दुई सय ८० कायम

अर्थटुडे
२०७१ जेष्ठ २५, आईतवार

काठमाडौं । आइतवार नेप्सेपरिसुचक ४.५१ अंकले बढेर ८८३.८४ पुगेको छ । बैंकिङ, जलविद्युत् कम्पनी समूहको परिसूचकमा सुधार भएपछि आइतबार नेप्से बढेको हो । साताको पहिलो दिन आइतबार नेप्से बढेपछि लगानीकर्ताहरु उत्साहित भएका छन् । गत साताको अन्तिम दिन शुक्रवार भन्दा आइतबार ०.५१ प्रतिशतले मात्र बढेको हो ।
आइतबारको कारोबार सकिदा सम्ममा बैकिङ समूहको परिसुचक ६.४२ अंकले बृद्धि भइ ७८३.५३ अंकमा पुगेको छ, भने बीमा समूहको परिसूचक १४.४३ अंकले घटेको छ ।

त्यसैगरी जलविद्युत् समूहको परिसूचक ७.७ अंकले बृद्धि भइ २६१६.८६ मा पुगेको छ । आइतबार ८ लाख ५७ हजार ७७ कित्ता शेयर ३८ करोड २ लाख २६ हजार मुल्यमा कारोबार भयो ।

आइतवारबाट पहिलो कारोबार भएको सेञ्चुरी कमसिर्यल बैंकको सेयर मूल्य दुई सय ८० कायम भएको छ । बैंकको पहिलो दिन ९८ हजार ४९ कित्ता सेयर कारोबार भयो । बैंकको सेयर अधिकत्तम दुई सय ८४ रुपैयाँ र न्युनतम दुई सय ६० सम्ममा कारोबार भयो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ