वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

तोकिएको समयमा नहुने भो पिडिए सम्झौता, एमाले र बैद्य माओवादी पिडिए सम्झौताको विरोधमा

अर्थटुडे
२०७१ भाद्र ३१, मंगलवार

काठमाडौं । नेकपा एमालेले पनि भारतीय कम्पनीसँग हुन लागेको माथिल्लो कर्णाली विद्युत विकास सम्झौताको विरोध गरेको छ । यसअघि बैद्य माओवादीले यसको विरोध गरेको थियो ।10401538_592574524173702_406478557825635678_n

नेकपा एमाले र बैद्य माओवादी पिडिएको विरोधमा भएपछि माथिल्लो कर्णाली जलविद्युत आयोजना प्रबद्र्धक भारतीय कम्पनी जिएमआरसँगको सम्झौता तोकिएको समयमा नहुने भएको छ ।

सम्झौता मंगलबारसम्म गर्ने भनिएको थियो । पिडिए सम्झौतासम्बन्धी मस्यौदामा लगानीबोर्डले बेइमान गरेको भन्दै एमालेले राष्ट्रिय हित विपरित पिडिए नगर्ने अडान लिएको हो ।

एमालेको सोमवार साँझ बसेको पदाधिकारी बैठकमा लगानी बोर्डले राष्ट्रिय हित विपरीतका शर्तहरु सहितको अर्को प्रस्ताव थपेको प्रमाण पेश भएपछि एमाले हच्किएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा ४५ दिनभित्र पीडीए गर्ने सहमति भए पनि एमालेले कतिपय बुादामा गम्भिर आपत्ति जनाएपछि रोकिएको हो ।
एमालेले मूल्य अभिवृद्धि करलगायत अन्य कर, सिाचाइ असर लगायतका विषयमा नेपालको राष्ट्रिय हित हुने ग्यारेन्टीपछि मात्र पीडीए गर्ने निर्णय लिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ