वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

निजी क्षेत्रका १० लाख कर्मचारीलाई राहत दिदै कोष, निजी क्षेत्रका कर्मचारीको पनि पेन्सन

अर्थटुडे
२०७१ भाद्र ३१, मंगलवार

काठमाडौं । कर्मचारी संचयकोषले निजी क्षेत्रका १० लाख संस्थागत कर्मचारीको हितलाई ध्यानमा राखेर निबृत्तिभरण योजना अघि सारेको छ ।

kos kobhawanबैंकको ५३ औ बार्षिकोत्सवमा बोल्दै कोषका प्रशासक कृष्णप्रसाद आचार्यले निजी क्षेत्रमा कार्यरत कामदार तथा स्वरोजगारको अवकास पछिको जीवनका लागि सामाजिक सुरक्षाको अवधारणा अन्तर्गत सो योजना ल्याउन लागेको बताए ।

कार्यक्रममा आचार्यले सञ्चयकोषमा आएको रकम देशको पूर्वाधार विकासमा लगानी गर्नका लागि पहल गर्ने बताउँदै आगामी तीन वर्षमा कोषको कुल स्रोत 3 खर्व पुग्ने बताए ।
कोषको अध्यक्ष एवं प्रधानमन्त्री कार्यालयका सचिव दुर्गानिधि शर्माले कोषले देशको पूर्वाधार विकासमा लगानी गरी देशको आर्थिक विकासमा योगदान गर्न सक्ने बताए । वित्तिय स्रोत व्यवस्थापन अझ चुनौतिपूर्ण बन्ने भन्दै अध्यक्ष शर्माले अनुगमनको जरुरी भएको बताए ।

यस्तै बिमा समितिका अध्यक्ष फत्तबहादुर केशीले कर्मचारी संयच कोषले कर्मचारीको स्वास्थ्य बिमाको कुरा अघि बढाउने बताएपनि कानुनमा बिमा समितिका दर्ता भएका कम्पनीले मात्रै बिमा कारोबार गर्न पाउने व्यवस्था भएकाले त्यस विषयमा सोच्न आग्रह गरे।

धितोपत्र बोर्डका अध्यक्ष बाबुराम श्रेष्ठले पुँजीबजारमा लगानी गर्ने कुरामा पनि संचय कोषले ध्यान दिनुपर्नेमा जोड दिदै नेपाल राष्ट्र बैंकले सक्रियता देखाइरहँदा समेत वित्तिय क्षेत्रमा अनेक समस्या देखिएको छ ठुलो पुँजीगत संरचना भएको संचय कोषलाई पनि नियामक आवश्यक पर्ने बताए ।

सञ्चय कोषमा अहिलेसम्म एक खर्ब ६३ अर्ब ६५ करोड रुपैयाँ जम्मा भएको छ । गत असार मसान्तसम्मको विवरण अनुसार कोषमा आर्थिक वर्ष २०७०र७१मा मात्रै करिब २२ अर्ब रुपैयाँ बचत थपेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ