वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कुमारी र लक्ष्मी बैंकको लाभांस घोषणासँगै बढ्यो बजार,मंगलबार नेप्से परिसुचक ९१९.१८ अंकमा

अर्थटुडे
२०७१ भाद्र ३१, मंगलवार

काठमाडौं । साताको पहिलो दिन घटेको सेयर बजार सोमबार र मंगलबार भने बढेको छ । सोमबार साढे सात अंकले बढेको नेप्से परिसुचक मंगलबार पनि १०.४९ अंकले बढेर ९१९.८८ अंकमा अडिएको छ ।

nepal stock exchangeविभिन्न कम्पनीहरुले लाभांस दिने घोषणा गरेसँगै सेयर बजारपनि बढ्न सुरु गरेको हो । मंगलबार भने सेयर बजार परिसुचक बढ्नमा कुमारी बैंक र लक्ष्मी बैंकको ठूलो भुमिका रह्यो ।

कुमारी बैंकले ३३ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ भने लक्ष्मी बैंकले २० प्रतिशत बोनस सेयर दिने भएको छ । मंगलबार कारोबार भएका कुल १३१ कम्पनीमध्ये ३७ कम्पनीको मुल्य घटेको छ भने ७९ कम्पनीको सेयर मुल्य बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
मगलबार समूहगत परिसुचकहमध्ये जलविद्युत समूहको परिसुचक ३२.८८ अंकले घटेको छ भने अन्यको बढेको छ । यस दिन सवैभन्दा बढी कमाउने पाँच कम्पनीहरुमा कुमारी बैंक, लक्ष्मी बैंक, नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक, चिलिमे हाइड्रो पावर र ग्लोवल आइएमई बैंक रहेका छन् । मंगलबार ४६ करोड ६२ लाख बराबरको लाख कित्ता सेयर खरिद विक्रि भएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ