वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मलेसियामा समस्यामा परेका नेपालीको उद्धारका लागि आइएमईले नौलाख रुपैयाँ दिने

अर्थटुडे
२०७१ भाद्र ३१, मंगलवार

काठमाडौं । नेपाली दुताबास क्वालालम्पुर मलेसिया र आईएमई मलेसिया बीच सम्झौता भएको छ । मलेसियामा समस्यामा परेका नेपाली कामदारलाई घरफिर्ता ल्याउनका लागि आर्थिक सहयोग उपलव्ध गराउने विषयमा सो सम्झौता भएको हो । DSC_0466
सम्झौतामा नेपाली दुतावास क्वालालम्पुर मलेसियाको तर्फबाट राजदुत डा. निरन्जनमान सिंह बस्न्यात र आईएमई मलेसियाका तर्फबाट प्रबन्ध निर्देशक हेमराज ढकाल (रामु) ले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुरुप आईएमईले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मलेसियामा अलपत्र परेका नेपाली नागरिकहरुको नेपाल सम्मको सुरक्षित यात्राको लागि नौ लाख नेपाली रुपयाँ आर्थिक सहयोग उपलब्ध गराउन लागेको हो । सो रकमबाट दुतावासमार्फत् कम्पनीलाई प्राप्त हुने नामांकन सूचिका आधारमा पचास ५० जना अलपत्र नेपाली नागरिकलाई हवाई टिकट प्रदान गरिने छ्र
आईएमई वैदेशिक रोजगारीको शिलशिलामा प्रवासमा क्रियाशील सबै नेपालीको विश्वसनीय विप्रेषण सेवा प्रदायक कम्पनीको रुपमा स्थापित छ ्र

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ