वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कृषकलाई परिचय पत्रकै आधारमा ५० हजारसम्मको ऋण दिइने

अर्थटुडे
२०७१ जेष्ठ २५, आईतवार

काठमाडौँ । कृषि मन्त्री हरिप्रसाद पराजुलीले कृषकहरुलाइ परिचय पत्रकै आधारमा ५० हजार सम्मको ऋण सहज रुपमा उपलब्ध गराइने बताएका छन् । आगामी साउन महिनादेखि हरेक जिल्लामा रहेका कृषि बिकास कार्यालय सहित कृषिसंग सम्बन्धित सबै संस्थाहरुलाइ परिपत्रको गरेर कृषकको परिचयपत्र बनाउन लगाउने बताए । उनले सोहि परिचय पत्र धरौटी राखेर बिना झन्झट ५० हजार सम्मको ऋण सहजरुपमा दिइने उल्लेख गरे ।

अन्तराष्ट्रिय पारिवारिक खेती बर्ष २०१४ को अबसरमा रुपन्देहीको बुटवलमा आयोजित लुम्बिनी अञ्चल स्तरिय बृहत र्याली तथा सभालाई सम्बोधन गर्दै मन्त्री पराजुलीले कृषकहरुलाई सहकारीमा मात्र नभइ साना साना समूह बनाएर कृषक समूहमा आबद्ध भएर सरकारले दिने सेवा सुबिधाको उपयोग गर्न आग्रह गरे ।

मन्त्री पराजुलीले कृषकहरुलाइ अब नयाँ प्रबिधि र सीपका साथ ब्यबसायिक कृषि गर्न पनि अनुरोध गरे । मनिला किसानको अनुहारमा चमक र मुस्कान ल्याउने सरकारको जिम्मेबारी पुरा गर्नका निम्ती स्वयं किसानहरु पनि लाग्नुपर्ने उहाको भनाइ छ ।

अहिले किसानलाइ सबैतिर अबसर भएको चर्चा गर्दै पराजुलीले किसानलाइ ब्यबसायिक बनेर आय आर्जन बढाउन तर्फ पनि सोच्न आग्रह गरे । जिल्ला बिकास समितिका टोपलाल शर्माको अध्यक्षतामा भएको कार्यक्रममा साना किसान कृषि बैंकका खेम पाठक,राम प्रसाद रेग्मी,जिल्ला सहकारी संघका भिम तुलाचन,यज्ञ गैरे लगायतले बोल्दै सरकारले आम नागरिकलाइ समयमै बिउ,बिजन तथा नंया प्रबिधिको प्रयोगले उत्पादन बढाउने खालका कार्यक्रम ल्याउन आग्रह गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ