वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजमार्गका होटलमा एउटै मूल्य, सादा खाना १२० रुपैयाँ, मासु खाना १८०—२३० रुपैयाँ

अर्थटुडे
२०७१ आश्विन १, बुधबार

काठमाडौं । चितवन जिल्लाअन्र्तगत पर्ने मुग्लिङदेखि नारायणगढसम्म पर्ने राजमार्गका होटहरुमा एउटै मूल्य कायम गरिएको छ । निश्चित मूल्य नहुँदा यात्राहरु ठगिएको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालयले सबै होटलमा एकै मूल्यसुचि टासेको हो । मूल्यसुचिअनुसार अब सर्वसाधारणले जुनसुकै होटलमा खाए पनि सादा खानाको १ सय २० रुपैयाँ, चिकेन खाना १ सय ८० रुपैयाँ र मटन खाना २ सय ३० रुपैयाँ तिर्नुपर्नेछ ।

khana
जिल्ला प्रशासन कार्यालयले मंगलबार सरोकारवाला निकायको उपस्थितमा जिल्लाका होटलहरुमा मूल्य टासेको छ । नारायणगढ मुग्लिङ सडकखण्डमा करिव तीन सय होटल रहेका छन् । प्रशासन कार्यालयले तोकिएको मूल्यभन्दा बढी लिएको पाइए कारवाही गर्ने चेतावनी दिएको छ ।

होटल संचालकहरुले भने गाडीलाई कमिसन दिनुपर्ने बाध्यता रहेकाले उपभोक्ताबाट बढी मूल्य लिनुपरेको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ