वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एनसीसी बैंकको ३८ % बोनस सेयर

अर्थटुडे
२०७१ आश्विन १, बुधबार

काठमाडौं । एनसीसी बैंकले आर्थिक वर्ष २०७०\७१ को नाफबाट सेयरधनीलाई ३८ प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने करवापत २ करोड ४ लाख रुपैयाँ लाभांस दिने प्रस्ताव गरेको छ ।

log of ncc bankनेपाल राष्ट्र बैंकको स्विकृती र बैंकको आगामी साधारणसभाबाट पारित भएपछि बैंकको उक्त लाभांस वितरण हुनेछ ।

राष्ट्र बैंकले तोकिएको चुक्ता पुँजी पुर्र्याउनुपर्ने दवावमा रहेको बैंकले प्रस्ताव गरेको लाभांस पारित भएमा २ अर्व २ करोड चुक्ता पुँजी पुग्नेछ ।

बैंकले गत आवमा ३६ करोड रुपैयाँ नाफा कमाएको थियो । नाफा कम भएपनि चुक्ता पुजी पुर्याउनका लागि संचित नाफाबाट थप लाभांस दिन लागेको हो ।

गत वर्ष बैंकले २२ अर्ब २५ करोड रुपैयाँ निक्षेप संकलन गरी १७ अर्ब ८७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ