वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सहयोगी विकास बैंकको ३६ % र नारायणी फाइनान्सको २५ % लाभांस घोषणा

अर्थटुडे
२०७१ आश्विन १, बुधबार

काठमाडौं । सहयोगी विकास बैंकले आर्थिक वर्ष २०७० \७१ को नाफाबाट सेयरधनीलाई ३६ प्रतिशत लाभांस प्रस्ताव गरेको छ । उक्त लाभांसमध्ये २६ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांस रहेको छ ।

हाल १४ करोड २८ लाख चुक्ता पुँजी रहेको बैंकको उक्त लाभांस वितरणपछि १८ करोड पुँजी पुग्नेछ ।

यसैगरी नारायणी नेशनल फाइनान्सले पनि ५ प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांस बाड्ने घोषणा गरेको छ । हाल ६४ करोड ७४ लाख चुक्ता पुँजी रहेको फाइनान्सको बोनस वितरणपछि पुँजी ६७ करोड ९८ लाख पुग्नेछ ।

प्रस्तावित लाभांस वितरणका लागि नेपाल राष्ट्र बैंकको स्विकृती र कम्पनीको आगामी साधारणसभाबाट पारित हुनुपर्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ