वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कर्णालीमै पहिलो चन्दननाथ नगरपालिका

अर्थटुडे
२०७१ जेष्ठ २५, आईतवार

काठमाडौ । कर्णाली अञ्चलमा नै पहिलोपटक १३० औँ नगरपालिकाका रुपमा जुम्लामा पहिलो चन्दननाथ नगरपालिका घोषणा भएको छ । विसं २०६८ मा प्रस्ताव गरिएको उक्त नगरपालिका अहिलेसम्म विधिवत्रुपमा कार्यान्वयन नआएपनि आन्तरिक राजस्व भने नगरपालिकाका रुपमा लिइँदै आइएको थियो ।

अहिले चन्दननाथ, महत, तलिउम र कार्तिकस्वामी गाविसलाई समेटेर तत्कालीन चन्दननाथ गाविस कार्यालयलाई नगरपालिका कार्यालयका रुपमा उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् पूर्व सहायक मन्त्री अदनसिंह कठायतले नगरपालिकालाई समृद्ध बनाउन सम्पूर्ण राजनीतिक दलसँग आग्रह गरे ।

नगरपालिकाका नवनियुक्त कार्यकारी अधिकृत भक्तबहादुर मल्लले विकासका आवश्यक पूर्वाधारलाई आधार मानी नगरपालिका घोषणा गरेपनि यसभित्र थुप्रै समस्या रहेको र यसका लागि सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, पत्रकार र बुद्धिजीवी वर्ग सबैको सुझावसाथ आफू अगाडि बढ्ने बताए । चन्दननाथ नगरपालिकाको हालको जनसङ्ख्या १९ हजार ४७ तथा १५ वटा वडा निर्धारण गरिएको नगरपालिकाको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ