वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एनएमवी सुलभ इन्भेष्टमेन्ट फन्ड –१ विक्रि खुल्ला, बढीमा ६ करोड रुपैयाँसम्मको आवेदन दिन पाइने

अर्थटुडे
२०७१ आश्विन २, बिहीबार

काठमाडौं । एनवी क्यापिटलले सञ्चालन गरेको सामुहिक लगानीकोषको पहिलो योजना एनएमवी सुलभ इन्भेष्टमेन्ट फन्ड १ को विहिबारदेखि विक्रि सुरु भएको छ ।

६० करोड रुपैयाँ विक्रि खुल्ला गरिएको सो फन्डको प्रतिइकाइ १० रुपैयाँ रहेको छ । १४ प्रतिशत रकम कोष प्रबद्र्धक एनएमवी बैंक र एक प्रतिशत योजना व्यवस्थापक एनवी क्यापिटलको लागि छुट्याइएको छ ।

सो विक्रि छिटोमा असोज ६ गते र ढिलोमा असोज २० गतेसम्म खुल्ला रहने कम्पनीले जनाएको छ । सो फन्डमा न्युनतम एक सय इकाइ (अर्थात् एक हजार) रुपैयाँ देखि अघिकतम ६० लाख इकाइ (अर्थात् ६ करोड रुपैयाँ) सम्मको आवेदन दिन सकिने छ । सो योजनाको इकाइ एनएमवी क्यापिटल र एनएमवी बैंकको देशभरका शाखाबाट किन्न सकिने छ ।
सामूहिक लगानी कोषका यस्ता योजनाहरु नयाँ तथा सेयर बजारमा लगानी गर्न चहाने तर जोखिम मोल्न नचहाने लगानीकर्ताको लागि सहयोगी हुन्छन । कम पूँजी हुने लगानीकर्ताहरुलाई पनि यी योजना विकल्प हुन सक्छन ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ