वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लाभांस घोषणा र वितरणको बजारमा नकारात्मक प्रतिकृया, साताभरमा नेप्से ११ अंकले घट्यो

अर्थटुडे
२०७१ आश्विन ३, शुक्रबार

 

अर्थ मन्त्रालय, राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, इन्भेस्टर्स फोरम लगायतका सरोकारवाला निकायले लगानीकर्तालाई नआत्तिन आग्रह गरेपनि बजारमा कुनै सुधार आउन सकेको छैन । हल्लाको भरमा लगानीकर्ता चल्ने हुदा उच्च अंकले बजारमा उतारचढाव भइरहेको छ । जसले बजारलाई अस्थिरतातिर धकेलिरहेको छ । 


 

काठमाडौं । सूचिकृत कम्पनीहरुले आर्थिक वर्षको नाफाबाट लाभांस घोषणा गर्ने, नियामक निकायबाट स्विकृत गराउन, साधारणसभाबाट पारित भएपछि वितरण गर्ने सिजन हो यो । त्यसले असोज कात्तिकलाई सेयर बजार उकालो लाग्ने समयमा रुपमा लिइन्छ । तर यसवर्ष भने बजारले उल्टो प्रतिकृया देखाएको छ । बढ्ने समयमा बजार उल्टो घटिरहेको छ । सेयर बजारका विश्लेषक र विज्ञहरुले समेत यसलाई अनौठो रुपमा लिएका छन् ।

nepse-300x300नेप्से परिसुचकसँगै यो साता कारोबार गर्ने कम्पनीको संख्या समेत घटेको छ भने कारोबार रकम भने सामान्य बढेको छ । गत साता १ सय ६७ कम्पनीको १ अर्ब ८० करोड १८ लाख ५३ हजार रुपैयाँ बराबरका ४५ लाख ३२ हजार ७ सय ४० कित्ता  सेयरहरु खरिद बिक्री भएकोमा यो साता १ सय ६० कम्पनीको १ अर्ब ८६ करोड ४७ लाख ७१ हजार रुपैयाँ बराबरका ४१ लाख ८६ हजार एक सय ६० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् ।

यो साता कारोबार रकम र कारोबार संख्याको आधारमा कुमारी बैंक अग्रस्थानमा रहेको छ । बैंकको १ हजार २ सय ३५ पटकमा २६ करोड ५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यसैगरी सेयर संख्याको आधारमा सबैभन्दा बढी नबिल ब्यालेन्स फण्डको सबैभन्दा बढी ५ लाख ८४ हजार कित्ता कारोबार भएको छ ।

 नेपाली कांग्रेसको नेतृत्वमा गठन भएको संयुक्त सरकार गठनसँगै बढ्न थालेको सेयर बजार बजेट, मौद्रिक नीतिका कारण उत्साहित रह्यो । जसका कारण साउन पहिलो साता ११ सय अंक नजिक पुगेको नेप्से नेपाल राष्ट्र बैंकको बैंकहरुको सेयरमा लगानी सम्बन्धी निर्देशनसँगै ओरालो लाग्न थालेको हो ।

अर्थ मन्त्रालय, राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, इन्भेस्टर्स फोरम लगायतका सरोकारवाला निकायले लगानीकर्तालाई नआत्तिन आग्रह गरेपनि बजारमा कुनै सुधार आउन सकेको छैन । हल्लाको भरमा लगानीकर्ता चल्ने हुदा उच्च अंकले बजारमा उतारचढाव भइरहेको छ । जसले बजारलाई अस्थिरतातिर धकेलिरहेको छ ।

बजारमा चल्ने गरेका अनावश्यक हल्लाका कारण सेयर बजार अस्थिर रहेको विश्लेषकहरु बताउछन् । केही व्यक्तिहरुले राष्ट बैंकको नीति निर्देशन, सम्पती शुद्धीकरण, अख्तियार, सिडिएससीको हल्ला चलाएर बजारमा त्रासको वातावरण सिर्जना गरेका छन् ।

यसले गर्दा बजार पुनः घट्ने त्रासमा बजारमा बिक्रीको चाप बढी रहेको र जसले गर्दा बजार ओरालो लागेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ