वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

चाडपर्व नजिकिएसँगै सुनको भाउ सस्तियो, ६ महिनापछि प्रतितोला ५१ हजार

अर्थटुडे
२०७१ आश्विन ३, शुक्रबार

काठमाडौं । चाडपर्व नजिकिएसँगै नेपाली बजारमा सुनको भाउ सस्तिएको छ । जसका कारण चाडपर्वमा सुन जोड्ने सर्वसाधारणलाई राहत भएको छ ।

goldसाताभरमा सुनको भाउ ३ सय ५० रुपैयाँ सस्तो भएको छ । आईतबार प्रतितोला ५१ हजार ७ सय रुपैयाँ कायम रहेको सुन क्रमश घट्दै शुक्रबार ५१ हजार ३ सय ५० रुपैयाँमा झरेको छ । बुधबारसम्म बढेर ५२ हजार रुपैयाँ पुगेको सुन फेरी ओरालो लागेको हो ।

अमेरिकी अर्थतन्त्र सुढृढ हुँदै डलर मजबुत भएपछि सुनको अन्तर्राष्ट्रिय मूल्य ८ महिना यताकै न्यून बिन्दुमा झरेको छ । साथै अपेक्षा बिपरित अमेरिकी संघीय बैंकले शुन्य हाराहारी रहेको ब्याजदर नबढाउने संकेत सार्वजनिक गरेपछि यो हप्ताको मध्यतिर सुनको भाउ सामान्य चुलिएको थियो ।

अमेरिकी अर्थतन्त्रमा आशातित सुधार भएपछि श्रमिक बजारलाई ध्यान दिदैं ब्याजदर बढाउने आशा विश्लेषकहरुले गरिरहेको परिप्रेक्ष्यमा संघीय बैंकको पछिल्लो अवधारणाले ऋणपत्र जारी कार्यक्रम रोकिएपछि पनि केही समय ब्याजदर शुन्यको हाराहारीमा रहने संकेत दिएको छ ।

यसले सुनको मूल्य अरु घट्न नदिने माहौल बनाउने भएपनि हाल कायम अनिश्चितता बीच घाटाबाट बच्न स्टकहोल्डरले बजारमा सुन छोडेकाले पनि सुनको मूल्यमा गिरावट आएको हो ।

यसै बीच चीन, भारत लगायत विश्वका बढि सुन खपत हुने देशबाट सुनको माग कमी भइरहेकोले तुरुन्तै सुनको भाउमा उल्लेखनीय बृद्धि हुने संभावना देखिदंैन ।
बरु डलर सुढृढ रहि रहेसम्म, तेलको भाउमा गिरावट कायम रहेसम्म आगामी हप्ता पनि सुनको मूल्य गिरावट कायम रहने महासंघले विश्लेषण गरेको छ ।

यसैगरी यो साता चाँदीको भाउ पनि सामान्य गिरावट आएको छ । आईतबारदेखि विहिबारसम्म स्थिर रही प्रतितोला ७ सय ७५ रुपैयाँ कायम चाँदी शुक्रबार भने घटेर ७ सय ७० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ