वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कालिञ्चोकको बाँडफाड शनिबार, २७० कित्ता भन्दा कम आवेदकलाई लोटरीमा, माथीकालाई अनुपातमा

अर्थटुडे
२०७१ आश्विन ३, शुक्रबार

काठमाडौं । कालिञ्चोक डेभलपमेन्ट बैंकले सर्वसाधारणका लागि जारी गरेको साधारण सेयरको शनिबार बाँडफाड गर्ने भएको छ । बैंक स्रोतका अनुसार २ सय ७० कित्तासम्मका लागि आवेदन गर्नेलाई चिट्ठामा र त्यसभन्दा माथी आवेदन गर्नेलाई अनुपातमा सेयर बाँडफाड गर्ने तयारी छ ।

Kalinchowk Development Bank Logoबैंकले ४ करोड ९० लाख रुपैयाँ बराबरको सेयर निष्काशन गरेकोमा १ अर्व ४५ करोड ९० लाख रुपैयाँ भन्दा बढीको आवेदन परेको बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शिवाकोटीले जानकारी दिए ।

दोलखामा मुख्य कार्यालय रहेको बैंकको कार्यक्षेत्र दोलखाका साथै सिन्धुली र रामेछाप कार्यक्षेत्र रहेको छ । हाल ५ करोड १० लाख पुँजी रहेको बैंकको उक्त सेयर निष्कासनपछि पुँजी १० करोड पुग्नेछ ।

साउन २१ गतेदेखि २७ गतेसम्म बिक्री खुल्ला भएको उक्त सेयरको निष्काशन तथा विक्री प्रवन्धकका रुपमा ग्रोमर मर्चेन्ट बैंकले काम गरेको थियो ।

इक्रा नेपालले गरेको क्रेडिट रेटिङमा बैंकले ४ नम्बर पाएको छ । इक्राले एक देखि पाँच नम्बर दिन्छ । जसमा एक नम्बर अत्यन्तै बलियो हो भने पाँच नम्बर कमजोर हो ।

आर्थिक वर्ष २०७०\०७१ चैत मसान्तको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले १८ लाख ६२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको कोषमा ३६ लाख २० हजार रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ