वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

भृकुटी डेभलपमेन्ट बैंकले मोवाइल बैकिङ सुरु गर्ने

अर्थटुडे
२०७१ आश्विन ४, शनिबार

काठमाडौं । भृकुटी डेभलपमेन्ट बैंकले मोवाइल बैकिङ सेवा सुरु गर्ने भएको छ । बैंक र एफवान सफ्ट इन्टरनेशनबीच मोवाइल बैंकिङ सेवा सुरु गर्नेसम्बन्धी सम्झौतामा शुक्रवार हस्ताक्षर भएको छ ।F1Soft & BhrikuteeF1Soft & Bhrikutee

बैंकका उप–महाप्रबन्धक शरद पौडेल र एफवान सफ्टका बजार तथा बिक्री निर्देशक विपुल ढकालले सो सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौता अनुसार अब बैंकका ग्राहकले ब्यालेन्स सोधपुछ, ट्रान्जेक्सन अलर्ट, नोटिफिकेसन, फन्ड ट्रान्सफर लगायतका सुविधा आफ्नो मोवाइलमै पाउनेछन् ।

साथै ग्राहकले रिचार्जकार्ड खरिद, नेपाल टेलिकम, एनसेल, ब्रोडलिंक, डिसहोम तथा क्रेडिटकार्डको विल भुक्तानी लगायतका सुविधा पनि मोवाइलबाटै पाउन सक्नेछन् । एफवान सफ्टले सञ्चालन गरेको फोनपे नेटवर्क र ईसेवाको सदस्यतापनि बैंकले लिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ