वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मेगा बैंकले ल्यायो ‘मेगा ग्राहक सप्ताह’

अर्थटुडे
२०७१ आश्विन ४, शनिबार

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरुलाई लक्षित गरी ‘मेगा ग्राहक सप्ताह’ मनाउने भएको छ । दशैंको अवसर पारेर मेगाले बैंकको प्रधान कार्यालय, कान्तिपथमा ग्राहक सप्ताहको आयोजना गरेको हो ।mega bank

असोज ५ गतेदेखि असोज १० गतेसम्म चल्ने यो सप्ताहमा क्वीजदेखि विभिन्न कार्यक्रमबाट ग्राहकलाई मनोरन्जन प्रदान गरिने बैंकले जनाएको छ । बैंकमा आउने ग्राहकहरुले प्रमूख कार्यकारी अधिकृत अनिलकेशरी शाह तथा राष्ट्रिय क्रिकेट टिमका सदस्य सुवास खकुरेल र अमृत भट्टराईसँग पनि सहजै अन्तरक्रिया गर्न पाउनेछन् ।

यसैगरी, आगामी तीन महिनासम्म नयाँ ग्राहकहरुले मेगा योङस्टार खाता खोली बचत भएको रकम बराबरको १ प्रतिशत रकम बैंकले ग्राहकहरुका तर्फबाट संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अनाथ तथा असहाय बालबालिकाहरुका शिक्षाको लागि सहयोग गर्नेछ ।
यस्ता कार्यक्रमले ग्राहकसँग सम्बन्ध नजिकिन नयाँ आयम थप्ने बैंकका प्रमूख कारीकारी अधिकृत शाहले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ