वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सहकारी ऐन परिवर्तन गर्न लागेका छौं : रजिष्टार

अर्थटुडे
२०७१ आश्विन ५, आईतवार

सिमरा । सहकारी विभागका रजिष्ट्रार विष्णुहरि पौडेलले सहकारी क्षेत्रका समस्याहरुको समाधानका लागि सरकार गम्भिर रहेको बताउदै यसको नियमन र व्यवस्थापनका लागि सहकारी ऐन परिमार्जन गर्न लागेको बताएका छन् । सिमरास्थित हातेमालो बचत तथा ऋण सहकारी संस्थाको साधारणसभा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले कथित सहकारीकर्मीहरुका कारण समस्याहरु देखा परेको बताउदै सुशासन र नियमनका लागि सहकारीकर्मीहरुनै गम्भिर हुनुपर्ने उल्लेख गरे ।

hatemalo

बचत तथा ऋण सहकारी संस्थाको नियमन चुनौतिपूर्ण रहेको भन्दै पौडेलले छुटटै बचत तथा ऋण सहकारी ऐन ल्याएर यसको व्यवस्थापन गर्नुका साथै सहकारीको पूंजी उत्पादन र उद्योग व्यवसायका अन्य क्षेत्रहरुमा परिचालित गर्नुपर्ने आवश्यक्ता औल्याए ।

कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष एव्म नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका सञ्चालक कृष्ण पौडेलले सामाजिक रुपान्तरणको मुख्य मेरुदण्डको रुपमा सहकारीले काम गरिरहेको बताए । उनले हातेमालो सहकारीले स्थापनाको छ वर्षमा हासिल गरेको उपलव्धिलाई संस्थागत गर्दै उत्पादन र सेवाका अन्य क्षेत्रमा प्रवेश गर्ने तयारी गरेको जानकारी दिए ।

संस्थाले स्थापनाको छ बर्षमा एक हजार तीन सय सदस्यवीच १३ करोड ५० लाखको कारोवार गरिरहेको छ

साधारणसभाले पुनः अध्यक्ष कृष्ण पौडेलको अध्यक्षतामा १३ सदस्यीय सञ्चालक समिति चयन गरेको छ । समितिमा उपाध्यक्ष बिनोद कलवार, महिला उपाध्यक्ष सीता गुरुङ, सचिव यज्ञ आले, कोषाध्यक्ष शिव वाग्ले, सञ्चालकहरु ईद्रिस मियां, सञ्जय साह, पेशल मुल्मी, दिपक भट्ट, सुशिला आचार्य, बिदुर घिमिरे, बरुण गौतम, क्षमादेवी अधिकारी छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ