वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

साताको पहिलो दिन १६.३८ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि कमी

अर्थटुडे
२०७१ आश्विन ५, आईतवार

काठमाडौं । सेयर बजार परिसुचक नेप्से साताको पहिलो दिन आइतबार १६.३८ अंकले घटेर ८८३.९१ अंकमा आडिएको छ । आइतबार सम्पुर्ण समूहगत परिसुचकहरु समेत घटेको छ ।share

बैकिङ समूहतर्फ २१.३९ अंकले घटेको छ भने होटल २१.८५, विकास बैंक १२.८३, जलविद्युत ४६.९२, फाइनान्स ४.८३ र विमा समूह ६१.०९ अंकले घटेको छ । आइतबार एक सय २८ कम्पनीको सेयर कारोबार भएकोमा १५ कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने अन्यको घटेको छ ।

आइतबार नेपाल टेलिकमको भने प्रति सेयर ९ रुपैयाँले बढेको छ ।
आइतबार कारोबार रकममा पनि कमी आएको छ । २८ करोड रुपैयाँ बराबरको ९ लाख २४ हजार कित्ता सेयर कारोबार भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ