वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आइएमईले ल्यायो रेमिट कार्ड, नेपालमा नै  पहिलो पटक यस्तो कार्ड भित्रिएको कम्पनीको दावी

अर्थटुडे
२०७१ आश्विन ५, आईतवार

काठमाडौ । रेमिटेन्स सेवाग्राहीलाई ध्यानमा राखी आईएमईले आइतबारदेखि रेमिट कार्ड सेवा सुरु गरेको छ । ग्लोबल आईएमई बैंक र अन्तर्राष्ट्रिय कार्ड सेवा प्रदायक कम्पनी भिजाको सहकार्यमा आईएमईले सो कार्ड सेवा सुरु गरेको हो ।reit card नेपालमा यस्तो कार्ड पहिलो पटक आएको कम्पनीको दावी रहेको छ । सो कार्डबाट अन्तारष्ट्रिय कारोबार गर्नेहरुले सेवा प्राप्त गर्न सक्नेछन् । विदेशबाट पठाएको रेमिटेन्स रकम कार्डको माध्यमबाट नजिकको एटिएममा गएर झिक्न सकिने छ ।

पिओएस मेशिन जडित कुनैपनि मर्चेन्ट लोकेशनमा भुक्तानी गर्न पनि कार्ड प्रयोग गर्न सकिन्छ । यसबाट सेवाग्राहीको समय बचत हुनुको साथै उच्चतम् बैंकिङ सेवाको पहुँच समेत प्राप्त हुने आएमएइका बजार तथा व्यापार प्रबद्र्धक डेनियल डी श्रेष्ठले बताए ।

“आईएमई रेमिट कार्ड” सेवाको औपचारिक शुरुवातस सँगै बैकिङ सेवाको पहुँचमा पुग्न नसकेका रेमिटेन्स सेवाका लाखौ सेवाग्रहीहरुका लागि बहुउपयोगी माध्यम सावित हुने आईएमईका कार्यकारी अध्यक्ष चन्द्रप्रसाद ढकालले भने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ