काठमाडौं । प्रभु बैंकले हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकले एक सय कित्ता बराबर १० कित्ताको दरमा हकप्रद सेयर जारी गर्ने भएको हो ।
बैंकको हकप्रद सेयर जारी गरेपछि चुक्तापुँजी ३ अर्व ५२ करोड रुपैयाँ पुग्ने छ । हाल बैंकको चुक्तापूँजी तीन अर्ब २० करोड रुपैयाँ छ ।
बैंकले सो प्रस्ताव स्वीकृती गर्नका लागि असोज २५ गते बिशेष साधारणसभा गर्ने भएको छ । सो साधारणसभामा सञ्चालक समितिलाई मर्जर, एक्विजिशन प्रक्रियालाई अगाडी बढाउने अख्तियारी दिने प्रस्ताव पनि लैजादै छ ।
प्रतिक्रिया