वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समस्याग्रस्त सेयर मार्केट्स फाइनान्सद्धारा धमाधम शाखा बन्द गर्दै

अर्थटुडे
२०७१ आश्विन ६, सोमबार

काठमाडौं । नेपाल  राष्ट्र बैंकले समस्याग्रस्त घोषण गरेको नेपाल सेयर मार्केट्स एण्ड फाइनान्सले धमाधम शाखा बन्द गर्न थालेको छ । राष्ट्र बैंकको व्यवस्थापन सुधारको प्रक्रियामा रहेको फाइनान्सले व्यवस्थापन खर्च कटौतीको लागि भन्दै अनावश्यक शाखाहरु बन्द गर्न सुरु गरेको हो ।  कम्पनीले बानेश्वर र गोगबु शाखा बन्द गरिसकेको छ भने अन्य शाखा पनि विस्तारै आवश्यक्ता अनुसार बन्द गरिने जनाएको छ ।

nepalsharemarketफाइनान्सले आइतबारबाट बानेश्वर शाखा बन्द गरी यसअघि उक्त शाखामार्फत हुने सबै कारोबारलाई केन्द्रीय कार्यालय पुतलीसडकमा स्थानान्तरण गरेको छ । सार्वजनिक सूचना जारी गर्दै उक्त शाखामा तिर्न बुझाउनुपर्ने सबै रकम केन्द्रीय कार्यालयमा आएर बुझाउन आग्रह गरेको छ ।

यसअघि पनि फाइनान्सले काठमाडौंको गोंगबुमा रहेको शाखा बन्द गरी उक्त शाखामार्फत हुने गरेको कारोबारलाई नयाँ बजार शाखामा स्थानान्तरण गरेको थियो ।

समस्याग्रस्त घोषणा गरिएको तीन वर्ष नाघे पनि अझै फाइनान्समा देखिने गरी सुधार आएको छैन । फाइनान्सले सर्वसाधारण तथा संस्थागत निक्षेपकर्ताहरुको अझै करोडौं रुपैयाँ रकम फिर्ता गर्न बाँकी रहेको पीडित निक्षेपकर्ताहरुले बताएका छन् । केहीले आंशिक रुपमा सावाँ ब्याज रकम फिर्ता पाए पनि धेरै निक्षेपकर्ताहरुको निक्षेप फिर्ता हुन बाँकी छ । फाइनान्सका सेयर लगानीकर्ताहरु सेयर खरिद बिक्री नभएकाले मारमा परेका छन् ।

समस्याग्रस्त घोषणा हुनुपूर्व झण्डै चार वर्षअघि फाइनान्सको एक सय ७४ रुपैयाँ अन्तिम मूल्यमा सेयर कारोबार भएको थियो । फाइनान्सको दुई अर्ब तीन करोड ४२ लाख ८८ हजार रुपैयाँ बराबरको दुई करोड तीन लाख ४२ हजार आठ सय ८० कित्ता सेयर स्टकमा सूचीकृत छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ