वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

महिलाहरुले संचालन गरेका सहकारीहरु सफल छन् : उपरजिष्टार ढुंगाना

अर्थटुडे
२०७१ आश्विन ६, सोमबार

काठमाडौं । सहकारी विभागका उपरजिष्टार उपेन्द्र वहादुर ढुंगानाले महिलाहरुले संचालन गरेको सहकारीहरु सफल भएको बताएका छन् । महिला सहकारीहरु व्यवस्थित रहेको बताउदै उनले सहकारी आन्दोलनमा समेत उदाहरणिय बनेको उल्लेख गरे ।

mahila aaviyan sahakari
भक्तपुरस्थित महिला अभियान बचत तथा ऋण सहकारीको साधारणसभा उद्घाटन गर्दै उपरजिष्टार ढुंगानाले द्रुत गतिमा नभइ सहकारीको सिद्धान्त अनुसार विस्तारै सदस्यमुखी र समुदायमा आधारित हुदै अघि वढेको संस्था दिगो हुने बताए ।

संस्थाकी निर्वतमान अध्यक्ष तथा राष्ट्रिय सहकारी बैंककी संचालक सरिता भट्टराईले सदस्यहरुलाई अझ सफल व्यवस्थित र नमुना योग्य वनाउन आफु संधै कटिबद्ध रहने र बैकको समेत यसमा अथक प्रयास रहने प्रतिबद्धता व्यक्त गरिन् ।

७ सय ७ सदस्य र ३५४ वालवचतकर्ता संस्थाको ५९ लाख १७ हजार सेयर पुँजी, ३ करोड २३ लाख निक्षेप र २ करोड ८३ लाख कर्जा लगानी रहेको संस्थाकी अध्यक्ष सृजना शर्मा चुडालले जानकारी दिइन् ।

सभाको अवसरमा असल ऋणी , असल निक्षेप कर्ता , असल वाल वचत कर्ता , जेष्ठ सदस्य सम्मान लगायतका विभिन्न विधामा पुरस्कृत गर्नुका साथै प्रवेशिका परिक्षामा उत्तीर्ण हुने वालबचतकर्ताहरुलाई पुरस्कृत तथा सम्मान गरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ