वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मिथिला लघुवित्त विकास बैंकको २० % बोनस सेयर

अर्थटुडे
२०७१ आश्विन ६, सोमबार

काठमाडौं । ६ महिनाअघि मात्र साधारण सेयर जारी गरेको मिथिला लघुवित्त विकास बैंकले छोटो अवधिमै लगानीकर्तालाई आकर्षक लाभांस दिने भएको छ । बैंक संचालन समितिले आर्थिक वर्ष २०७०\७१ को नाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ ।

उक्त लाभांस प्रस्ताव नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ ।

बैंकले गत माघमा ७० हजार ७ सय २५ कित्ता साधारण सेयर जारी गरेको थियो । उक्त सेयरमा ७६.८६ गुणा बढी आवेदन परेको थियो ।

सोमबार नेपाल स्टक एक्सचेन्जमा बैंकको सेयर प्रतिकित्ता ९ सय ६९ रुपैयाँमा कारोबार भएको थियो ।

लघुवित्त कारोबार गर्ने गैरसरकारी संस्थाबाट स्तरउन्नती भई लघुवित्त विकास बैंक बनेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ