काठमाडौं । सेयर बजार परिसुचक (नेप्से ) सोमबार पनि १.६४ अंकले घटेर ८८१ पुगेको छ । साताको पहिलो दिन आइतबार घटेको नेप्से सोमबार पनि निरन्तर घटेको छ ।
सोमबार होटल र जलविद्युत समूह बाहेक अन्य समूहगत परिसुचक पनि घटेको छ । होटल समूको समूहगत परिसुचक ५.८३ अंकले बढेको छ भने जलविद्युत समूहको समूहगत परिसुचक ४५.५४ अंकले बढेको छ । त्यस्तै बैकिड, फाइनान्स र विमा समूहको समूहगत परिसुचक घटेको छ । सोमबार ३० करोड रुपैयाँ बराबरको ४ लाख ९५ कित्ता सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया