वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

उप—प्रधान तथा गृहमन्त्री वामदेव गौतमले भने —सहकारी ‘दलालहरुको संस्था ’

अर्थटुडे
२०७१ जेष्ठ २६, सोमबार

सुधिर बस्नेतले उप—प्रधानमन्त्री गौतमलाई पनि छोडेनन्
काठमाडौं । उप—प्रधान तथ गृहमन्त्री वामदेव गौतमले सर्वसाधरण जनतावाट २० देखि २५ प्रतिशतसम्म व्याज लिने सहकारी संस्थाहरु ‘दलालहरुको संस्था’मा परिणत भएको बताएका छन् ।

नेकपा एमालेका उपाध्यक्ष समेत रहेका गृहमन्त्री वामदेव गौतमले सहकारी संस्थाले जनतालाई बढी व्याजको लोभ देखाएर उनीहरुको पैसा खाएर भाग्ने भएकोले सहकारी सस्था दलालहरुको संस्थामा परिणत भएको स्पष्ट पारे ।

राजधानीको राष्ट्रीय सभागृहमा आयोजित घरेलु तथा साना उद्योग महासंघको २१ औं साधारणसभालाई सम्बोधन गर्दै गृहमन्त्री गौतमले आक्रोसित हुदै भने ‘जनता ठग्ने’ सहकारीहरु बन्द गर्नुपर्छ ।
कार्यक्रममा बोल्दै नेता गौतमले एमालेका सबै कार्यकर्ताहरु कुनै न कुनै उत्पादनमुखी कार्यक्रममा लाग्नुपर्ने बताए । उत्पादनमा नलाग्ने एमाले सदस्यहरुको सदस्यता नै खारेज गर्नुपर्ने उनको तर्क थियो ।
उपप्रधानमन्त्री गौतमले विदेशबाट मासु र तरकारी नेपालमा आयात गर्न नपाइने भन्दै मासु र तरकारी स्वदेशमै उत्पादन गर्नुपर्नेमा जोड दिए ।
उप—प्रधानमन्त्री गौतम आफैं पनि सहकारीपीडित
उप—प्रधानमन्त्री गौतमले आफु पनि सहकारीबाट पिडित भएकोले उनले सहकारीलाई दलालहरुको संस्था भनेको पाइएको छ । उनले अपार्टमेन्टको फ्ल्याट उपलब्ध गराइदिने भन्दै ओरियन्टल सहकारीका सुधीर बस्नेतले ५० लाख रुपैयाँ चप्काइदिएकाले मन्त्री गौतमले सहकारीलाई ‘दलालहरुको संस्था’ भनेका हुन् । नबिल बैंकबाट झिकेको रकमबाट ५० लाख अपार्टमेन्टका लागि लिएको तर हालसम्म घर प्राप्त नगरेको गौतमले बुझाएको सम्पत्ति विवरणमा उल्लेख छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ