वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राष्ट्र बैंकले दिएन सहकारी बैंकलाई नयाँ नोट

अर्थटुडे
२०७१ आश्विन ६, सोमबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थालाई मागेजति नयाँ नोट प्रबाह गरेपनि सहकारी बैंकलाई भने अझै नयाँ नोट उपलव्ध गराएको छैन । गत वर्षहरुमा झै यस वर्षको दशैमा पनि बैंकले राष्ट्र बैंकलाई नयाँ नोट उपलव्ध गराइदिनका लागि आग्रह गर्दै निवेदन लेखेको थियो ।sahakari bank

राष्ट्र बैंकले सहकारीहरुलाई नयाँ नोट अहिले उपलव्ध नगराउने भन्दै बैंकलाई खाली हात पठाएको छ । पटक पटक आग्रह गर्दा पनि राष्ट्र बैकले सहकारी बैंकलाई नयाँ नोट नदिएको बैंकको गुनासो रहेको छ ।
सहकारी बैंकले प्रत्येक वर्ष राष्ट्र बैंकबाट नयाँ नोट ल्याएर आफ्ना सदस्य सहकारीलाई नयाँ नोट प्रदान गर्दै आएको छ । उपत्यका भित्रका सहकारी संस्थाहरुलाई बैंकको केन्द्रिय कार्यालयबाटै र अन्य जिल्लाहरुमा बैंकको शाखाबाट नयाँ नोट दिदै आएको छ ।
यसपालि पनि गत वर्षझै नयाँ नोटका लागि राष्ट्र बैंकमा निवेदन दिएको तर सहकारीलाई नयाँ नोट नदिने भन्दै राष्ट्र बैंकले ठाडै अस्वीकार गरेको बैंकको दावी रहेको छ । बैंकले यस वर्ष १ करोड ४८ लाख रुपैयाँ बराबरको नयाँ नोटको माग गरेर राष्ट्र बैंकमा निवेदन दिएको थियो ।

राष्ट्र बैंकले भने विभिन्न सहकारीहरुबाट पनि छुट्टा छुट्टै नयाँ नोटको माग गर्दै निवेदन आएकोले अहिले सम्पुर्ण सहकारीलाई नयाँ नोट नदिएको र त्यसमा सहकारी बैंक पनि परेको बताएको छ ।

राष्ट्र बैंकका प्रबक्ता मनमोहन कुमार श्रेष्ठले अहिले बैंक तथा वित्तिय संस्थाहरुलाई मात्र दिएको र केहीदिन पछि सहकारी बैंक लगायत सहकारी संस्थाहरुलाई पनि नयाँ नोट दिइने बताए । विभिनन सहकारी संस्थाले धेरै नै रकम माग गरेर निवेदन दिएका छन् कसलाई कति दिने भन्ने विषयमा अझै केही टुंगो नलागेकोले अहिले नयाँ नोट प्रदान नगरिएको बताए ।

सहकारी बैंक नेपाल राष्ट्र बैंकबा ख वर्गको राष्ट्रिय स्तरको विकास बैंक सो सरह कारोबार गर्नका लागि अधिकार प्राप्त बैंक हो । भने यस बैंकको चुक्तापुँजी ६४ करोड रहेको छ ।  बैंकले देशभरका ३४ वटा शाखामार्फत ७० जिल्लामा सेवा दिँदै आएको छ भने बैंकमा करिब ६ हजार सहकारी संघसंस्थासदस्य छन् ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ