वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कृषि विकास बैंकको ५१ % सेयर विदेशी रणनीतिक साझेदारलाई

अर्थटुडे
२०७१ आश्विन ७, मंगलवार

काठमाडौं । कृषि विकास बैंकले आफ्नो ५१ प्रतिशत सेयर विदेशी रणनीतिक साझेदारलाई दिने भएको छ । यसअघि ३१ प्रतिशतमात्र सेयर बिक्री गर्न लागेको बैंकले सेयर स्वामित्व मोडालिडि परिवर्तन गरी बहुमत सेयर विदेशीलाई बिक्री गर्न लागेको हो । एशियाली विकास बैंकले नियुक्त गरेको परामर्शदाताले दिएको सुझाव अनुसार बैंकले सेयर स्वामित्व परिवर्तन गर्न लागेको हो ।

agriculture-development-bank३१ प्रतिशत सेयरले मात्र विदेशी रणनीतिक साझेदार नआउने सम्भावना भएकोले सेयर संरचना परिवर्तन गर्न लागिएको बैंकका प्रमुख कार्यकारी अधिकृत तेज बहादुर बुढाथोकीले बताएको आजको कारोबार दैनिकमा खवर छ ।

प्रधानमन्त्री अध्यक्ष रहेको निजिकरण समितिमा छलफल गरि मन्त्रीपरिषद्बाट पारित भएपछि बैंकको सेयर संरचनामा परिवर्तन हुनेछ । बैंकले तय गरेको संरचना अनुसार परिवर्तन भएमा बैंकमा नेपालीको सेयर ४९ प्रतिशतमात्र हुनेछ ।
असार अन्तिम साता नै बैंकको समग्र सम्पती तथा दायित्व मूल्यांकन (डिडिए) भइसकेको छ । अर्थ मन्त्रालयको प्राविधिक समितिले समेत उक्त डिडिए रिपोर्ट अध्ययन गरिसकेको छ ।

बैंकले सरकारबाट सेयर संरचना पारित भएपछि मात्र सेयर बेच्नका लागि बोलपत्र आवहान गरिने जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ