वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एनएमबी म्युचुअल फण्डमा तीन गुणा बढी आवेदन, असोजभित्र बाँडफाँड गरिने

अर्थटुडे
२०७१ आश्विन ७, मंगलवार

काठमाडौं । एनएमबी क्यापिटलले निश्काशन गरेको म्युचुअल फण्ड एनएमबी सुलभ ईन्भेष्टमेन्ट फण्ड–१ मा माग गरेभन्दा तीन गुणा बढी रकमको आवेदन परेको छ । कम्पनीले ६० करोड रुपैयाँ बराबरको फण्डका लागि आवेदन मागेकोमा २ अर्व रुपैयाँ हाराहारीको आवेदन परेको छ । बढी आवेदन परेपछि कम्पनीले ७५ करोड रुपैयाँ बराबर ईकाइ बाँडफाँड गरिने भएको छ ।

Mutual Fundकम्पनीले असोज २ गतेदेखि प्रतिईकाई १० रुपैयाँ बराबरको ६ करोड इकाइ निष्काशन गरेको थियो ।

कम्पनीले न्युनतम एक सय ईकाइदेखि अधिकतम ६० लाख इकाईसम्म आवेदन गर्न पाईने व्यवस्था गरेको थियो ।

एनएमबीको म्युचुअल फण्ड धितोपत्र बजारमा तेस्रो म्युचुअल फण्ड हो । यसअघि सिद्धार्थ क्यापिटलले दुई पटक र नबिल ईन्भेष्टमेन्टले एक पटक यस्ता सामुहिक लगानी कोषको निश्काशन गरिसकेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ