वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सिडिएसबारे जानकारी छैन तालिम लिनुहोस्, सिडिएस एण्ड क्लियरिङ र इन्भेष्टर्स फोरमले लगानीकर्तालाई तालिम दिदै

अर्थटुडे
२०७१ आश्विन ७, मंगलवार

काठमाडौं । असोज २० गतेदेखि बाणिज्य बैंकहरुको र कात्तिक २० गतेदेखि सम्पूर्ण सुचिकृत कम्पनीहरुको अभौतिक सेयर मात्र कारोबार गर्ने घोषणा गरिसकेको छ । सिडिएस प्रणालीबारे लगानीकर्तामा पयाप्त जानकारी नहुँदा फैलिएको नकारात्मक हल्लाले सेयर बजार परिसुचकमा समेत असर गरिरहेको छ । तपाईलाई पनि पेपरलेस (सेयर प्रमाणपत्र बिना) नै कारोबार हुने प्रणाली सिडिएसबारे पूर्ण जानकारी छैन ? छैन भने सिडिएस एण्ड क्लियरिङ नेपाल इन्भेष्टर्स फोरमले संयुक्त रुपमा लगानीकर्तालाई प्रशिक्षण कार्यक्रम गरिरहेको छ ।

असोज ६ गते सोमबारदेखि सुरु भएको तालिम ८ गतेसम्म चल्ने बताइएको छ । तालिममा सहभागिताका लागि लगानीकर्ताले टेलिफोनबाट नाम बुकिङ गर्न सक्नेछन् ।

cdsc_dematकागजी सेयर प्रमाणपत्रलाई विद्युतिय माध्यमद्वारा विस्थापित गरी विद्युतिय सेयर कारोबार गर्ने माध्यम हो । यसको कारोबारका लागि सिडिएस एण्ड क्लियरिङ कम्पनी स्थापना भएको हो । कम्पनीले नै अभौतिक सेयरहरुको कारोबार भएपछि राफसाफाको कारोबार गर्नेछ ।

सिडिएससी अनुसार कारोबार गर्नका लागि सबै लगानीकर्ताहरुले निक्षेप सदस्य (डीपी) को अनुमति लिएका कम्पनीहरुबाट हितग्राही खाता खोल्न सक्नेछन् । डीपीको सदस्यता लिएका कम्पनीहरु एस क्यापिटल, सिद्धार्थ क्यापिटल, एभरेष्ट बैंक,  बैंक अफ काठमाडौ, नबिल ईन्भेष्टमेन्ट, एनआईबील ईन्भेष्टमेन्टलगायत १० वटा छन् ।

 खाता खोलेपछि आफुसँग भएको सेयर अभौतिक गर्नका लागि निवेदन दिनुपर्छ  ।  त्यसपछि लगानीकर्ताले सेयर किनेपछि आफ्नो खातामा सेयर बढ्छ भने आफुले बेचेपछि सेयर घट्छ ।

यो सेवा संचालनमा आएपछि लगानीकर्ताहरुसँग सेयरको प्रमाणपत्र हुदैन । सेयर प्रमाणपत्र बोकेर हिड्ने, च्यातिने, हराउने झन्झट नहुनुका साथै हाल हुने गरेको झन्झटिलो राफसाफ सेवा पनि छिटो छरितो हुनेछ ।

शुल्क 

हितग्राहीले हाल भौतिक रुपमा रहेका धितोपत्रहरुलाई अभौतिक गराउंदा कुनै शुल्क तिर्नु पर्दैन तर खाता खोल्न प्रति ब्यक्ति ५० रुपैयाँ र बार्षिक संचालन शुल्क एक सय रुपैयाँ ,  धितोपत्र हस्तान्तरण शुल्क ५० रुपैयाँ, पुनः अभौतिकीकरण शुल्क ५० रुपैयाँ, धितो बन्धकी शुल्क ५० रुपैयाँ र खाता रोक्का शुल्क २५ रुपैयाँ तिर्नुपर्ने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ