वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सोमबार पनि २ अंकले नेप्से बढ्यो

अर्थटुडे
२०७१ जेष्ठ २६, सोमबार

काठमाडौं । सोमबार नेप्सेपरिसुचक २ अंकले बढेर ८८५.२१ मा पुगेको छ । सोमबार बैंकिङ, जलविद्युत् र होटल फाइनान्स र विमा समूहको नेप्सेमा बृद्धि भएपछि नेप्से परिसुचकमा बृद्धि भएको हो ।
साताको पहिलो दिन आइतबारबार नेप्से ४.५१ प्रतिशतले बृद्धि भएको थियो । सोमबारको कारोबार सकिदा सम्ममा बैकिङ समूहको परिसुचक ४.५४ अंकले बृद्धि भइ ७८६.८ अंकमा पुगेको छ, भने होटलसमूहको परिसूचक २७.८८ अंकले बढेर १८२८.३४ पुगेको छ ।
त्यसैगरी जलविद्युत् समूहको परिसूचक १२.५८ अंकले बृद्धि भएको छ भने विमा समूहतर्फ भइ ११.७२ मा पुगेको छ । त्यस्तै फाइनान्सतर्फ पनि १०.५८ अंकले बृद्धि भएको छ । सोमबार कुल १३ लाख १२ हजार ३२७ कित्ता शेयर ४६ करोड ५९ लाख ४ हजार ६६७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ