वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सामसङका दुई नयाँ एसेसरिज

अर्थटुडे
२०७१ आश्विन ८, बुधबार

काठमाडौं । सामसङ मोबाइलको आधिकारिक वितरक, आइएमएसले आफ्ना ग्राहकहरुका लागि दुई आकर्षक नयाँ एसेसरिज ल्यान÷युएसबि हब र एस एक्शन माउस, बजारमा ल्याएको छ ।
ल्यान÷युएसबि हबले ग्राहकलाई नोट प्रो १२.२ तथा ट्याब एस लाई इथरनेट केबलबाट इन्टरनेटमा कनेक्ट गर्न मद्दत गर्छ । यसका साथै, ग्राहकले किबोर्ड, माउस र अन्य उपकरण पनि ल्यान÷युएसबि हब मार्पmत नोट प्रो १२.२ तथा ट्याब एसमा जोड्न सक्छन् । यसको २१ पिनको आकर्षक युएसबि ३.० कनेक्टरले एडप्टर प्रयोग गर्दा सजिलै चार्ज गर्ने सुविधा पनि प्रदान गर्छ ।
एस एक्शन माउस १० मिटरको दुरीसम्म चलाउन मिल्ने पूर्ण रुपमा ब्लूटुथ ३.० सपोर्ट गर्ने माउस हो । अत्याधिक आरामदायी र कन्ट्रोल भएको यो माउसमा वायरलेस माउसको सुविधा र वायर्ड माउसको सटिक नियंत्रणलाई समावेश गरिएको छ ।

एस एक्शन माउसको रिसेन्ट एप÷मेनु र मल्टि विन्डो सुविधाले रिसेन्ट एप हेर्न र मल्टि विन्डो चलाउन सहज बनाउँछ । एन्ड्रोइड ४.४ वा सोभन्दा माथि भएको र रिसेन्ट एप÷मेनु र मल्टि विन्डो सपोर्ट गर्ने सामसङका कुनैपनि मोबाइल र ट्याब्लेटमा यो माउस प्रयोग गर्न सकिन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ