वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

जेएमई र भृकुटी विकास बैंकबीच रेमिट्यान्स सम्झौता

अर्थटुडे
२०७१ आश्विन ८, बुधबार


काठमाडौं । जापान मनि एक्सप्रेस (जेएमई) र भृकुटी विकास बैंकबीच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा जेएमईको व्यवसाय विकास प्रवन्धक प्रताप श्रेष्ठ र भृकुटी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लोकनाथ भुषालले हस्ताक्षर गरे ।

jme-remitसम्झौतापछि विश्वका विभिन्न मुलुकबाट जेएमईमार्फत पठाएको रेमिट्यान्ट नेपाल अधिराज्यभर रहेका भृकुटी विकास बैंकका १९ वटै शाखाबाट भुक्तानी लिन सकिने छ ।
सम्झौता पछि संक्षिप्त प्रतिक्रिया दिदै जेएमईका व्यवसाय विकास प्रवन्धक श्रेष्ठले यो सम्झौताले आफ्ना सेवाग्राहीहरुलाई थप सहजता ल्याउने विश्वास रहेको बताए ।

यसअघि पनि जेएमईले गुहेश्वरी मर्चेन्ट फाइनान्ससँग रेमिट सम्झौता गरेको थियो ।

विश्वका विभिन्न मुलुकबाट नेपालमा सहज तथा सुलभ सेवाका साथ रेमिट्यान्स भित्र्याउदै आएको जेएमईले आफ्नो १५ सयबढी एजेन्टहरु तथा विभिन्न वित्तिय संस्थाहरुसँग सम्झौता गरी रेमिट्यान्स भुक्तानी सेवा प्रदान गरिरहेको छ । आफना सेवाग्राहीका सहजताका लागि विभिन्न बैंक तथा वित्तिय संस्थाहरुसँग तिब्र गतिमा सम्झौता गरिरहेको जेएमईले बताएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ