वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

उदार र खुल्ला बजारमूखी अर्थतन्त्रले के गर्र्यो ? अर्थमन्त्री डा महत भन्छन्–द्वन्द्वग्रस्त देशको अर्थतन्त्र देखेर विदेशीहरु समेत छक्क पर्छन

अर्थटुडे
२०७१ आश्विन ८, बुधबार

काठमाडौं । २०४६ सालको राजनीतिक परिवर्तनपछि नेपालले उदार र खुल्ला बजारमुखी अर्थतन्त्र अवलम्बन गर्र्यो । २५ वर्षको अवधिमा यसबाट नेपालले के प्रगति गर्र्यो भन्ने विषयमा सकारात्मक र नकारात्मक टिकाटिप्पणी हुन थालेको छ । नेपाली कांग्रेसको नेतृत्वमा सुरु भएको उदार अर्थतन्त्रले देशमा आमुल परिवर्तन गरेको अर्थमन्त्री रामशरण महत दावी गर्छन् । लामो सयसम्म आन्तरिक द्धन्द्ध भोगेको मुलुकको आर्थिक प्रगति देखेर विदेशीहरुसमेत छक्क पर्ने गरेको उनको भनाई छ ।

RamSharan-Mahatविहिबार नवलपरासीको वर्दघाटमा भएको एक कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले उदार र खुल्ला बजारमूखी बनाउँदा अर्थतन्त्रमा ठूलो परिवर्तन आएको तथ्यांकहरु प्रस्तुत गर्दै भने– आर्थिक र सामाजिक क्षेत्रमा ठूलो परिवर्तन आएको छ । अर्थतन्त्रको आकार २२ बर्ष अघिको तुलनामा १६ गुणाले बढेको छ । सडक सञ्जाल ७ हजार किलोमिटर रहेकोमा अहिले ६० हजार किलोमिटर पुगेको छ । नेपालीको औषत आयु १५ बर्षले बढेको छ । यस अवधिमा करिब २० लाख मानिस गरिबीको रेखामाथि उक्लेका छन । गरिबी ४९ प्रतिशतबाट घटेर २२ प्रतिशतमा झरेको छ । तोक आदेश संस्कार पूरै हटेको उदाहरण दिदै उनले थपे, टेलिफोन, खानेपानी प्राप्तिका अधिकारहरु लिन समेत तोक आदेश गराउनुपर्ने र महिनौ कुर्नुपर्ने बाध्यता थियो । अहिले डेढ करोडभन्दा बढी नेपालीका हातमा मोबाइल र फोन सेवा रहेको छ ।

कांग्रेस नेतृत्वको सरकारले माओबादीको हिंसात्मक द्वन्द्वलाई समेत धान्ने आर्थिक संरचना बनाएकोले अर्थतन्त्र धराशायी हुनबाट बचेको चर्चा महतले द्वन्द्वग्रस्त अर्थतन्त्रको रुप राम्रो देख्दा विदेशीहरु छक्क पर्ने गरेको बताए । “यति लामो हिंसात्मक द्वन्द्वको सामना गरेको अर्थतन्त्र कमजोर होला भनेको त्यस्तो भएको रहेनछ भन्छन । यसको जस कांग्रेसले अवलम्बन गरेको खुला र बजारमूखी आर्थिक नीतिलाई जान्छ ।”

संबिधान बनोस, संक्रमणकालको छिटो अन्त्य होस र मुलुक आर्थिक विकासतर्फ केन्द्रित होस भन्ने जनअभिमत रहेको उल्लेख गर्दै सो अवसरमा उनले निजी मागमा संसद अवरुद्ध गरेर प्रतिपक्षले जनताको मुख बन्द गर्ने काम गरेको बताए । जनताको भावना अनुरुप वर्तमान सरकारले भारतसँग बिद्युत व्यापार सम्झौता गरेको र माथिल्लो कर्णालीको आयोजना विकास सम्झौता गरेको अर्थमन्त्रीको भनाई थियो ।

सम्झौताले नेपालको उर्जा क्षेत्रमा मात्र होइन, उर्जा नपाएर पर्ख र हेरको स्थितिमा रहेको उद्योग क्षेत्रको लगानी समेत बढ्ने र मुलुकले छिटै नै फड्को मार्ने विश्वास व्यक्त गरे । मुलुकको आर्थिक उन्नतिका लागि सरकार साहसिक निर्णय गर्दै अगाडि बढिरहेको बताउँदै उनले भने, “विद्युतमा मात्र होइन, ठूलो लगानी हुने पर्यटन क्षेत्र र बढी रोजगारी दिन सक्ने कृषि क्षेत्रमा समेत व्याज छुट तथा अन्य अनुदानहरु दिएर यस क्षेत्रमा क्रान्ति ल्याउने तयारी गरिरहेका छौं । अव स्वदेशमै उद्योगधन्दाहरु खुल्नेछन । कृषिमा सयौं अर्बको आयात होइन, अव निर्यात गरी आम्दानी गर्न सक्नेछौं ।”

विदेशमा काम गरेर स्वदेश फर्किएका युवाहरुले त्यहाँभन्दा बढी यहीं खेतीपाती र कृषि पेशाबाट कमाउन थालेको ठाउँ ठाउँका उदाहरण प्रस्तुत गर्दै अर्थमन्त्री डा महतले भने, यो सन्देश देशभरी फैलिनु जरुरी छ । बजेटमार्फत राज्यले दिएका सुविधाहरु र अनुदानको सदुपयोग गर्न सकेमा युवाहरुले कृषि क्षेत्रमा ठूलो परिवर्तन ल्याउनेछन भन्ने मेरो विश्वास रहेको छ ।

कुनै ठाउँमा बजेट नपुगेर विकास रोकिएको आफूले सुन्न नचाहेको बताउँदै अर्थमन्त्री महतले भने, काम गर्दा गर्दै बजेट पुगेन भने मलाई जानकारी दिनुहोस । बजेटको बारेमा चिन्ता गर्नुपर्दैन । काम गर्ने जोस जाँगर र उत्साह मात्र देखाउनुस ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ