वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

संचालक र सिइओलाई कडाई गर्दै राष्ट्र बैंक, २ कार्यकालभन्दा बढी बस्न नपाइने निर्देशन पनि आउदै

अर्थटुडे
२०७१ आश्विन ८, बुधबार

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका संचालक र प्रमुख कार्यकारी अधिकृतका कारण वित्तीय क्षेत्रमा संस्थागत शुसासन कायम हुन नसकेपनि नियामक निकाय नेपाल राष्ट्र बैंकले बैंकका संचालक र प्रमुख कार्यकारी अधिकृतलाई कडाई गर्ने लगेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिले गरेको घोषणा अनुसार मंगलबार निर्देशन जारी गरी संस्थापकहरुको समुह छुट्याउन नपाइने व्यवस्था गरेको केन्द्रीय बैंकले छिट्टै संचालक र प्रमुख कार्यकारी २ कार्यकालभन्दा बढी दोहोरिन नपाइने व्यवस्था गर्ने तयारी गरेको छ ।

nepal rastra bankबैंक तथा वित्तीय संस्थाले नियमावलीमा व्यवस्था गरी लगानीका आधारमा संस्थापकहरुलाई क देखि घ वर्गसम्म छुट्याउदै आएका थिए । उनीहरुले संचालक समितिमा प्रतिनिधित्वका लागि समेत वर्गीकरण अनुसार नै कोटा छुट्याउने गरेका थिए ।

यो व्यवस्थाले बढी लगानी गरेका सिमिति व्यक्तिहरु नै संचालक समितिमा दोहोरिने गरेकाले विभेद अन्त्य गर्नका लागि वर्गिकरण गर्न नपाईने व्यवस्था गरेको राष्ट्र बैंकका प्रवक्ता मनमोहनकुमार श्रेष्ठले बताए ।

“एउटै व्यक्ति लगातार संचालकमा आउदा यसले बैंकको संस्थागत सुशासनमा असर परेको देखियो” प्रवक्ता श्रेष्ठले भने, “त्यसैले प्रतिस्पर्धा होस् भनेर सबै संस्थापकलाई एउटै समुहमा राख्न निर्देशन दिइएको हो ।”

विद्यमान व्यवस्था अनुसार बैंकहरुमा एउटै व्यक्ति वा कम्पनीले अधिकतम १५ प्रतिशतसम्म संस्थापक सेयर लिन सक्ने व्यवस्था छ । यही व्यवस्थालाई दुरुपयोग गर्दै सिमिति व्यक्तिली बैंक कब्जा गर्ने गरेका थिए ।

अब सबै संस्थापकहरु एउटै समुहमा हुने भएपछि बैंक संचालक समितिमा आउनका लागि प्रतिस्पर्धा हुने भएको छ । यसले संस्थागत सुशासनमा सजिलो हुने केन्द्रीय बैंकका अधिकारीहरुको बुझाई छ ।

केन्द्रीय बैंकले अव छिट्टै बैंकका संचालक र प्रमुख कार्यकारी अधिकृत लगातार दुई कार्यकाल भन्दा बढी दोहोरिन नपाउने व्यवस्था गर्दैछ । यो व्यवस्था गर्ने चालु आर्थिक वर्षको मौद्रीक नीतिमा घोषणा गरेका थियो ।

बैंकरहरुले भने यो व्यवस्थाको विरोध गर्दै आएका छन् । नेपाल बैंकर्स संघले राष्ट्र बैंकमा लिखित सुझाव पठाई यो व्यवस्था कार्यान्वयन नगर्न आग्रह गरिसकेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ