वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुरक्षित रेमिट्यान्सका लागि सचेतना कार्यक्रम

अर्थटुडे
२०७१ आश्विन ९, बिहीबार

काठमाडौं । नजिकीदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै विशेषगरी सिमा क्षेत्रमा हुने चोरी, डकैती जस्ता घटनालाई कम गर्ने उद्देश्यले सुर्खेतमा सुरक्षित रेमिटेन्सबारे सचेतना कार्यक्रम सुरु भएको छ । अक्सफाम नेपालको आर्थिक सहयोगमा वातावरण सुधार समाज सुर्खेतद्धारा संचालित सुरक्षित रेमिट्यान्स तथा सुदृढ जीविकोपार्जन परियोजना अन्र्तगत उक्त कार्यक्रम संचालन गरिएको हो ।

prabhu

प्रभु मनि टान्सफरको सहकार्यमा भारतमा रहेका आफ्ना आफन्तलाई भरपर्दो रेमिटबाट पैसा पठाउनका लागि १ हप्ते सचेतनामूलक घरदैलो अभियान कार्यक्रमको मेहेलकुना १ पवित्र वजारमा शुरुवात गरीयो ।

परियोजना प्रमुख हिमाल राजीले संचालन गर्नु भएको उक्त कार्यक्रममा प्रभु म्यानेजमेन्ट प्रा. लि.का वजार व्यवस्थापक रोशन रखाल र संचालन प्रमुख विमल महतले सहभागीहरुलाई कसरी भारतबाट सुरक्षित तवरले प्रभु मनि टान्सफर मार्फत रकम पठाउन र पाउन सकिन्छ भन्नेबारे प्रशिक्षण  दिएका थिए ।

कार्यक्रममा वातावरण बहुउद्देश्यीय सहकारीका धर्मराज आचार्य, गाविस प्राविधिक, लघु वित्त कार्यक्रम मेहेलकुना शाखाका शाखा प्रबन्धक, कर्मचारी लगायत परियोजनाका सामाजिक परिचालकहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम पश्चात सहभागी सबैद्धारा मेहेलकुना ४ सुन्दरखाली र दहचौर २ राइकेका १ सय ५० घरधुरीमा घरदैलो अभियानका साथै २ वटा सामुहिक भेलामा विशेष गरी भारतबाट प्रभु मनि टान्सफर मार्फत नेपालमा पैसा पठाउने र पाउने बारे सम्पूर्ण सहभागीलाई जनचेतना गराइएको थियो । कार्यक्रम सुर्खेतका मेहेलकुना, दहचौर, सहारे, मैनतडा र राकम गाविसमा निरन्तर संचालन हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ