काठमाडौं। एकता बिकास बैंकको प्राथमिक सेयरमा १ अर्व १३ करोड ५१ लाख रुपैयाँ बराबरको आवेदन परेको छ । यो माग भन्दा १५ गुणा बढि हो । सेयर खुल्ला भएको भएको चार दिनमा नै बैंकले सात लाख ३६ हजार कित्ताको लागि करिव २० हजार सर्वसाधारणले आवेदन दिएका हुन् ।
बैंकको बाँकी ६४ हजार कित्ता सेयरमध्ये २४ हजार कित्ता बैंकको कर्मचारी, ४० हजार कित्ता सेयर सामूहिक लगानी कोषको लागि वितरण गरिएको थियो । सेयर जारी पछि बैंकको चुक्ता पूँजी २० करोड पुग्ने छ ।
बैंकको अधिकृत पूँजी ४० करोड, जारी पूँजी २० करोड रहेको छ । बैंकले २०७१ असार मसान्त भित्र सेयर वाँडफाट गरी पूँजीकृती गर्ने लक्ष्य राखेको छ । सेयर निष्काशन प्रवन्धक एनएमबि क्यापीटल हो ।
प्रतिक्रिया