वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

व्यापार घाटा कम गर्न भारतको सहयोग अपरिहार्यः मन्त्री बस्नेत

अर्थटुडे
२०७१ आश्विन १०, शुक्रबार

काठमाडौं । उद्योगमन्त्री महेश बस्नेतले भारतसँगको ब्यापार घाटा बढ्दै गएकामा चिन्ता व्यक्त गर्दै त्यसलाई घटाउन भारत सरकारको सहयोग अपरिहार्य भएको बताएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले त्यहाँको आर्थिक विकासका लागि स्वदेशी–विदेशी लगानी बढाएर उन्नत भारत निर्माण गर्ने ‘मेक इन इन्डिया’ अभियान आज विहान नयाँ दिल्लीमा सुरु गर्नुभएको सन्दर्भमा यहाँस्थित भारतीय दूतावासले आजै साँझ यहाँ आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री बस्नेतले उक्त आवश्यकतामा जोड दिएका हुन् ।

“कृषि उत्पादन वृद्धि, पर्यटन प्रवद्र्धन र जलस्रोतको समुचित उपयोग गर्दै नेपाल पनि आर्थिक विकासको बाटोमा अग्रसर हुन चाहन्छ त्यस निम्ति भारतको साथ र सहयोग हामीलाई अत्यावश्यक हुन्छ” उनले भने ।

pragram 1

नेपाल र भारतबीच धार्मिक एवम् सांस्कृतिक क्षेत्र लगायत अन्य विधामा समानता रहेको चर्चा गर्दै उहाँले एशियाको महाशक्ति राष्ट्रका रूपमा उदीयमान भारतसँग सहकार्य गर्ने नेपालको उत्कृट अभिलाषा रहेको उल्लेख गरे ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष प्रदीपजङ्ग पाण्डेले भारतीय प्रधानमन्त्रीले अभियान आरम्भ गर्दा दिनुभएको मन्तव्य नेपालका लागि प्रेरणादायी भएको बताउँदै त्यसले लगानीकर्ता सर्वसाधारणको आत्मविश्वास बढाएको विचार व्यक्त गरे ।

दूतावासका कार्यवाहक राजदूत पीयुस श्रीवास्तवले नेपालमा आर्थिक विकासका प्रशस्त सम्भावना रहेका र त्यसमा जलस्रोत नै सर्वाधिक महत्वको क्षेत्र भएकाले विद्युत् उत्पादन गरी भारतसँगको ब्यापार असन्तुलन घटाउन सकिने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ