वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सानिमा बैंकले खोल्यो एकैदिन ६ वटा शाखा, गुणस्तरिय सेवा दिने प्रतिवद्धता

अर्थटुडे
२०७१ आश्विन १०, शुक्रबार

काठमाडौं । सानिमा बैंकले एकैदिन ६ वटा शाखा विस्तार गरेको छ । बैंकले शुक्रबार बिर्तामोड, धरान, इटहरी, जनकपुर, कलैया र सिद्धार्थनगरको समुदघाटन गरेको छ । उक्त शाखाहरु सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतले उद्घाटन गरे ।

उद्घाटन समारोहमा उपस्थित अतिथिहरुले शाखा विस्तारको लागि बधाइ ज्ञापन गर्नुका साथै  बैंकको सहभागिताले शहर विकासमा थप सहयोग मिल्ने कुरामा विश्वस्त रहेको बताए ।

त्यसैगरी बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले नयाँ शाखाहरुबाट पनि ग्राहकहरुलाई गुणस्तरीय सेवा पुयाउने प्रतिबद्धता व्यक्त गरे । बैंकले आईतबार लाहान र वीरेन्द«नगरमा शाखा विस्तार गर्ने उनले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ