वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आईतबारदेखि सिडिएस प्रणालीको परिक्षण, कारोबार गर्न सबै ब्रोकरहरुलाई आग्रह

अर्थटुडे
२०७१ आश्विन १०, शुक्रबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले (नेप्से) ले आईतबारबाट सिडिएस प्रणालीबाट अभौतिक सेयर कारोबारको परिक्षण सुरु गर्ने भएको छ ।cdsc_demat-300x149

दशै लगत्तै बाणिज्य बैंकबाट अभौतिकरण (डिम्याट) गरिएका सेयरको र कात्तिक २ गतेदेखि सबै कम्पनीको डिम्याट कारोबार सुरु गर्न लागिएको र त्यसका लागि पूर्व तयारी स्वरुप परिक्षण कारोबार गर्न लागेको हो । कुनै समस्या नआओस् भनेर परिक्षण कारोबार सुरु गर्न लागिएको र त्यसका लागि सबै ब्रोकरलाई आग्रह गरिएको नेप्सेले जनाएको छ ।

सिडिएस प्रणाली सुरु गर्ने समय नजिकिएपनि कारोबारका लागि हितग्राही खाता खोल्ने लगानीकर्ता कम छ । यसै गरी सबै सुचिकृत कम्पनीहरुले सिडिएस एण्ड क्लियरिङमा सेयर अभौतिकरण गराएका छैनन् ।

हाल सिडिएस एण्ड क्लियरिङले लगानीकर्तालाई सचेत गराउनका लागि विभिन्न कार्यक्रम संचालन गरिरहेको छ ।

कागजी सेयर प्रमाणपत्रलाई विद्युतिय माध्यमद्वारा विस्थापित गरी विद्युतिय सेयर कारोबार गर्ने माध्यम हो । यसको कारोबारका लागि सिडिएस एण्ड क्लियरिङ कम्पनी स्थापना भएको हो । कम्पनीले नै अभौतिक सेयरहरुको कारोबार भएपछि राफसाफाको कारोबार गर्नेछ ।

सिडिएससी अनुसार कारोबार गर्नका लागि सबै लगानीकर्ताहरुले निक्षेप सदस्य (डीपी) को अनुमति लिएका कम्पनीहरुबाट हितग्राही खाता खोल्न सक्नेछन् । डीपीको सदस्यता लिएका कम्पनीहरु एस क्यापिटल, सिद्धार्थ क्यापिटल, एभरेष्ट बैंक, बैंक अफ काठमाडौ, नबिल ईन्भेष्टमेन्ट, एनआईबील ईन्भेष्टमेन्टलगायत १० वटा छन् ।

खाता खोलेपछि आफुसँग भएको सेयर अभौतिक गर्नका लागि निवेदन दिनुपर्छ । त्यसपछि लगानीकर्ताले सेयर किनेपछि आफ्नो खातामा सेयर बढ्छ भने आफुले बेचेपछि सेयर घट्छ ।

सेवा संचालनमा आएपछि लगानीकर्ताहरुसँग सेयरको प्रमाणपत्र हुदैन । सेयर प्रमाणपत्र बोकेर हिड्ने, च्यातिने, हराउने झन्झट नहुनुका साथै हाल हुने गरेको झन्झटिलो राफसाफ सेवा पनि छिटो छरितो हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ